सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • श्वेत गणेश सहकारीको नयाँ कार्यालय बनेपाको धनेश्वर चोकमा शुरु

श्वेत गणेश सहकारीको नयाँ कार्यालय बनेपाको धनेश्वर चोकमा शुरु

4310
Shares
श्वेत गणेश  सहकारीको नयाँ कार्यालय बनेपाको धनेश्वर चोकमा शुरु

काभ्रे : लामो समयदेखि सहकारी क्षेत्रमा सदस्यहरूलाई सेवा पुर्याउँदै आइरहेको श्री श्वेत गणेश बचत ऋण सहकारी संस्था लि.ले नयाँ स्वरूपमा बनेपाको धनेश्वर चोकमा रहेको कार्यालय मार्फत सेवा शुभारम्भ गरेको छ ।

पनौती नगर सहकारी विकास समितिका सदस्य एवं प्याब्सन काभ्रेका अध्यक्ष पूर्ण कुमार श्रेष्ठले एक कार्यक्रम बीच शुभारम्भ गर्नुभएको कार्यक्रममा प्याव्सनका केन्द्रीय सदस्य सत्य नारायण श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

सहकारी क्षेत्रमा निरन्तर क्रियाशिल, एवं लामो अनुभव भएका सहकारीकर्मीहरुको पहलमा संस्थालाई पुनर्जीवित गरेकोले संस्थाले सहकारीको मुल्य मान्यतालाई आधार मानेर सदस्यहरूको चौतर्फि हितमा लाग्ने कुरा संस्थाका सचिव महेन्द्र विष्टले जानकारी गराउनु भयो ।

संस्थाले सहकारी क्षेत्रमा अन्य सहकारीभन्दा पृथक कार्यहरू गर्ने र समाज एवं सदस्यहरूको हितलाई आधार मानेर सेवामुखी कार्यको विस्तार गर्ने लक्ष्य लिएको समेत बताउनु भयो।

यस क्षेत्रमा मौलाइरहेको विकृती,आर्थिक अनियमितता लगायतका विसङतिलाई यसको स्थापनाले चिरेर विशुद्ध सहकारी अवधारणालाई अगाडी बढाउने विश्वास सहभागीहरुद्वारा व्यक्त गरिएको थियो ।

4310
Shares

ट्रेन्डिङ