सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • गोकुल बाँस्कोटा मन्त्री भएपछि काभ्रे जिल्लाको बदनाम भयो : सभापति मधु आचार्य

गोकुल बाँस्कोटा मन्त्री भएपछि काभ्रे जिल्लाको बदनाम भयो : सभापति मधु आचार्य

7135
Shares
गोकुल बाँस्कोटा मन्त्री भएपछि काभ्रे जिल्लाको बदनाम भयो : सभापति मधु आचार्य

काभ्रे : सभापति मधु आचार्यले गोकुल बाँस्कोटा मन्त्री भएपछि जिल्लाको बदनाम भएको ठोकुवा गरेका छन् । काभ्रे कांग्रेसका सभापति मधु आचार्यले नेकपा (एकीकृत समाजवादी) काभ्रेले विजयादशमी, नेपाल सम्बत, दिपावली र छठ पर्वको अवसरमा बनेपामा आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् ।

गोकुल बाँस्कोटा प्रति निकै आ क्रा मक रुपमा प्रस्तुत भएका कांग्रेस काभ्रेका सभापति आचार्यले आगामी निर्वाचनमा त्यस्ता ब्यक्तिको हिसाब किताब राख्न समेत मतदाता समक्ष अपिल गरे ।

सभापति आचार्यले मन्त्री हुँदा गरेका सबै अनैतिक कामको छिनोफानो आगामी निर्वाचनबाट हुने भन्दै भ्र ष्टा चा री लाई जनताले समयमै चिन्न विशेष आग्रह गरे ।

अघिल्लो निर्वाचनमा बाँस्कोटा माओवादी र एमालेको साझा उम्मेदवार हुनुहुन्थ्यो । अहिले तत्कालीन नेकपा तीन टुक्रामा विभाजित भएको छ । एमालेबाट बि द्रो ह गरेर नयाँ दलमा आबद्ध हुनेमा काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ मै सबैभन्दा बढी छन् ।

गोकुल बाँस्कोटाले आफुमाथि लागेको ७० करोडको आरोप पुष्टि गर्न चुनौती दिँदै आइरहेका छन्। त्यस्तै ७० करोड आरोपको बि रु द्ध ७० हजार मत ल्याएर चुनाव जित्ने दाबी गर्दै आइरहेका छन् । तर यो पटक बाँस्कोटालाई निर्वाचन निकै भारि हुने देखिएको छ ।

कांग्रेस काभ्रेका जिल्ला सभापति मधु आचार्यले भने जस्तै अहिलेकै सत्ता गठबन्धन कायम भै राख्ने हो भने निर्वाचन क्षेत्र नम्बर २ मा गोकुल बाँस्कोटा गर्दै आएको दाबी निरर्थक हुने पक्का छ ।

सभापति आर्चाय लगत्तै बोलेका  कांग्रेसको केन्द्रीय सदस्य एवं पूर्व जिल्ला सभापति शिव हुमागाईंले गोकुल बाँस्कोटा प्रति केहि टिप्पणी गरेनन् ।

सभापति आर्चायको भनाई नै पार्टीको आधिकारिक भनाई रहेको भन्दै उहाँले जिल्लाको भन्दा पनि राष्ट्रिय राजनीतिको विषयलाई प्राथमिकता दिएका थिए ।

7135
Shares

ट्रेन्डिङ