सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • मन्त्री बनेको तेस्रो दिनमै राजीनामा दिँदै हमाल

मन्त्री बनेको तेस्रो दिनमै राजीनामा दिँदै हमाल

5285
Shares
मन्त्री बनेको तेस्रो दिनमै राजीनामा दिँदै हमाल

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले आफूले पदबाट राजीनामा दिने बताएका छन्। उनले आफू र कांग्रेसलाई बदनाम गरिएको भन्दै राजीनामा दिन लागेको जानकारी दिए।

‘मेरो विवेकले राजीनामा दिने निर्णयमा पुँगें,’ हमालले भने, ‘आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउँछु । ४५ वर्ष कांग्रेसमा योगदान पुर्याएको व्यक्तिलाई अनावश्यक विवादमा तानियो,’ हमालले भने, ‘राजीनामा नदेउ भनेर दबाब पनि आएको छ, तर, राजीनामा दिन्छु।’

हमालले आफूलाई अनावश्यक विवादमा तानेकाले झन्झटमा नफस्ने बताए। ‘मैले आफ्नो स्वविवेक प्रयोग गरें, धेरै सोचेँ, किन विवादमा परुँ म। किन राजीनामा दिने भनेर नेताहरुले पनि भनेका छन् तर आज राजीनामा दिन्छु,’ उनले भने।

उनी तीन अघि मात्रै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त भएका थिए। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका उनको चौतर्फी दबाब भएको थियो। देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान हुन् ।

5285
Shares

ट्रेन्डिङ