सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • दशैंमा के गर्दैछन् ओली, प्रचण्ड र नेपाल ?

दशैंमा के गर्दैछन् ओली, प्रचण्ड र नेपाल ?

2925
Shares
दशैंमा के गर्दैछन् ओली, प्रचण्ड र नेपाल ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष केपी शर्मा ओलीले यसपटक दशैंंको टीका नलगाउने भएका छन् । आफन्तमा बितेको वर्ष दिन नपुगेका कारण उनले यसवर्ष टीका नलगाउने भएका हुन् ।

ओलीको सचिवालयमा रहेका रामशरण बजगाईका अनुसार प्रत्येक वर्ष दशैं मनाउँदै आएका उनले यसपालि भने आफू पनि टीका नलगाउने र अरुलाई पनि टीका नलगाउने र दशैंको समयमा अध्ययनमा बढी केन्द्रीत रहने ओलीको सचिवालयले जनाएको छ । अध्यक्ष ओलीका भाइ (काकाका छोरा) को यसै वर्ष निधन भएकोले टीकाका कुनै पनि कार्यक्रम आयोजना नहुने भएको हो ।

बिहीबार उनी झापास्थित गृह जिल्लामा आयोजना गरिने चियापान समारोहमा सहभागी हुने छन् । अध्यक्ष ओलीले गृह जिल्लामा दशैं, तिहार, छठ, नेपाल सम्वत् लगायतका चाडहरुको उपलक्ष्यमा हरेक वर्ष महानवमीको दिन शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएका छन् ।

उनी बिहीबार त्यसतर्फ जानेछन् । त्यसैगरी बिहीबारै झापाबाट फर्केपछि टीकाको दिन खास भेटघाटको कार्यक्रम नराखिएको र टीकाको भोलिपल्टबाट कार्यकर्ता भेटघाट हुने सचिवालयले जनाएको छ । झापा जिल्ला कमिटीले २७ वर्षदेखि चियापानको कार्यक्रम आयोजना गर्दै आएको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैंमा टीका लगाउँदैनन् । तर परिवारका अन्य सदस्यहरुको टीका कार्यक्रम भने हुनेछ । परिवारका सदस्यसाग रमाइलो गरेर दशैंको समय सदूपयोग गर्ने योजना प्रचण्डको छ । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार प्रचण्ड अहिले राजनीतिक गतिविधि, नेता–कायकर्तासँग भेटघाट र कार्यक्रमहरुमा सहभागी भइरहेका छन् । उनले राजनीतिक र कार्यकर्ता भेटघाटलाई निरन्तरता दिने भएका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि नेता कार्यक्रर्तासँगको भेटघाट, चियापन, राजनीतिक गतिविधिमा बढी व्यस्त हुनेछन् । उनका स्वकीय सचिव मोहन गौतमका अनुसार नेपालले यो वर्ष दशैं मनाउने वा नमनाउने अहिलेसम्म त्यस्तो केही निर्णय नभएको उनले बताए ।

नेपाललाई सधै टीका लगाउदै आएका गाउँले दाइ यो वर्ष बितेकाले नेपालले टीका लगाउने वा नलगाउने भन्ने कुनै निर्णय गरेका छैनन् । नेपालले टीका लगाए गाउँको कान्छी आमाको हातबाट टीका लगाउने बताइएको छ ।

अन्य समयमा लेखपढ र भेटघाट तथा परिवारसँगै बस्ने योजना रहेको स्वकीय सचिव गौतमले बताए । ‘ अष्टमीसम्म कार्यकर्ताहरुसँग भेटघाट भयो अबको केही दिन परिवारका सदस्यसँगै रहने गरी कार्यक्रम तय गरिएको छ’, गौतमले भने ।

2925
Shares

ट्रेन्डिङ