सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • विजया दशमीले भ्रातृत्व र राष्ट्रिय एकता बढाउँछ : प्रधानमन्त्री देउवा

विजया दशमीले भ्रातृत्व र राष्ट्रिय एकता बढाउँछ : प्रधानमन्त्री देउवा

5015
Shares
विजया दशमीले भ्रातृत्व र राष्ट्रिय एकता बढाउँछ : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शुभकामना व्यक्त गर्दै दशैँ लगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्याउँदै आएको बताउनुभएको छ ।

विजया दशमीको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक पहिचान भएकाले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्नु साझा दायित्व भएको उल्लेख गर्नुभएको छ ।

5015
Shares

ट्रेन्डिङ