सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • दसैँको टीकाको उत्तम साइत कुन देशमा कति बजे ?

दसैँको टीकाको उत्तम साइत कुन देशमा कति बजे ?

4710
Shares
दसैँको टीकाको उत्तम साइत कुन देशमा कति बजे ?

काठमाडौं : दुर्गा पक्षको मुख्य दिन आज विजयादशमी मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको जनाएको छ ।

यसैगरी अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरूका लागि पनि दसैँको टीका लगाउने उत्तम साइत तयार पारेको छ । धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टि अनुसार टीका लगाउने समय यकिन गरिएको समितिका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईका अनुसार जानकारी दिए ।

जसअनुसार भारतको देहलीमा १५ अक्टोबरको दिन बिहान ९ बजेर ५ मिनेटमा टीकाको उत्तम साइत निर्धारण गरिएको छ । अमेरिकाको न्यूयोर्क, केन्टुकी, टेक्सास र क्यालिफोर्नियामा बसोबास गर्दै आएकाहरूका लागि १५ अक्टोबरको दिन अलग-अलग साइत जुराइएको छ ।

न्यूयोर्कमा बिहान ९ बजेर २१ मिनेटमा, केन्टुकीमा बिहान ८ बजेर ४५ मिनेटमा, टेक्सासमा ८ बजेर १५ मिनेटमा र क्यालिफोर्नियामा बिहान ७ बजेर १५ मिनेटमा दसैँको टीका लगाउने उत्तम साइत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
हेर्नुहोस् विभिन्न देशमा टीकाको उत्तम साइत :-

4710
Shares

ट्रेन्डिङ