सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • आज तेस्रो दिन पनि मान्यजनबाट टीका लगाइँदै

आज तेस्रो दिन पनि मान्यजनबाट टीका लगाइँदै

4100
Shares
आज तेस्रो दिन पनि मान्यजनबाट टीका लगाइँदै

काठमाडौँ : आज पनि मान्यजनका हातबाट दशैँको टीका र जमरा लगाइँदैछ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ ।

विजयादशमीमा टीका लगाउन नभ्याएका तथा टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज तेस्रो दिन पनि टीका लगाइँदैछ । बडादशैँमा यसवर्ष कोरोना सङक्रमण जोखिम कायमै रहे पनि गत वर्षभन्दा चहलपहल बढेको छ ।

खोप लगाउनेको संख्या बढ्दै गएको तथा संक्रमण पनि घट्दै गएपछि सरकारले यसपटक दशैँलगायतका चाडबाडमा विगतमा जस्तो कडिकडाउ गरेको छैन ।दशैँ मनाउन गाउँ गएकाहरु काठमाडौँ फर्कन थालेका छन् । योसँगै केही दिनदेखि सुनसान देखिएको काठमाडौँ उपत्यकामा फेरि चहलपहल शुरू भएको छ ।

4100
Shares

ट्रेन्डिङ