सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काँक्रोका १५ रोचक तथ्य र स्वास्थ्यमा फाइदा

काँक्रोका १५ रोचक तथ्य र स्वास्थ्यमा फाइदा

6155
Shares
काँक्रोका १५ रोचक तथ्य र स्वास्थ्यमा फाइदा

– काँक्रोमा पानीको मात्रा ९६ प्रतिशत हुन्छ, मानिसमो शरीरमा पानी आपूर्ति गर्न काँक्रो सबैभन्दा महत्वपूर्ण हुन्छ।

– सूर्यको किरणद्वारा उत्पन्न हुने समस्याका लागि काँक्रो लाभदायी हुन्छ। यसको बोक्रामा नै म्याग्नेसियम, पोटासियम र सिलिकनजस्ता तत्व हुन्छन्। यहीकारण यसलाई स्पा उपचारका लागि प्रयोग गरिन्छ।

– यसले शरीरमा भएको हानिकारक तत्वलाई प्रभावकारी रुपमा बाहिर निकाल्छ। मिर्गौलाको पत्थरीमा यो निकै लाभकारी मानिन्छ।

– काँक्रो एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ। यसमा पाइने भिटामिन ए, बि र सिले रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ र अल्छी लागेको बेला काँक्रो खाने हो भने त्यसले धेरै उर्जा दिन्छ।

– पोषण र पानी पाइने भएकाले काँक्रोले तौल घटाउँन पनि मद्दत गर्छ।

– यसको टुक्राले आँखाको रातोपना र सुन्निएको घटाउँन सहयोग गर्छ।

– धेरै अध्ययनहरुले के पुष्टि गरेका छन् काँक्रोमा पाइने तत्वहरुले क्यान्सरसंग लड्न मद्दत गर्छन्।

– रक्तचापलाई स्थिर राख्न पनि यसले मद्दत गर्छ।

– मुख र गिजालाई ताजा राख्न र गिजाका समस्या समाधान गर्न पनि यसले सहयोग गर्छ।

– यसमा पाइने फाइबर र पानीले खाना पचाउँन सहयोग गर्छ।

– काँक्रोमा पाइने सिलिका कपाल, नङ र छालाका लागि महत्वपूर्ण मानिन्छन्, त्यसैले काँक्रो सौन्दर्यता बढाउँने खाद्यपदार्थ हो।

– यसमा पाइने उच्च एन्टिअक्सिडेन्टले जोर्नी दुखाईलाई पनि मद्दत गर्छ।

– यसले युरिक एसिडको लेभललाई पनि घटाउँछ।

– यसले इन्सुलिन उत्पादनका लागि प्याङक्रियाजलाई सहयोग गर्छ, त्यसैले काँक्रो मधुमेहका रोगीका लागि उपयोगी हुन्छ।

– यसले खराब कोलेस्टेरोल पनि घटाउन मद्दत गर्छ।

6155
Shares

ट्रेन्डिङ