सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस

आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस

5310
Shares
आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस

काठमाण्डाै : आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस । सबै जनासँग मिलेर गरिबी निवारण गर्ने र पृथ्वीका हरेक मानिसलाई स–सम्मान बाँच्ने वातावरण निर्माण गर्ने भन्ने नाराका साथ दिवस मनाइँदै छ ।

गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यले सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ तारिखका दिनलाई यो दिवसको रुपमा मनाउने गरिएको छ । संयुक्त राष्ट्रसंघले खाना, नाना र छानाको अभावमा रहेका नागरिक गरिब हुन् भनि व्याख्या गरेको छ ।

विश्व बैँकको प्रतिवेदन अनुसार पछिल्ला दुई वर्षमा झण्डै ९ करोडदेखि १२ करोड मानिस गरिबीको चपेटामा परेका छन् । दिगो विकासको लक्ष्यले पनि सबै ठाउँबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने लक्ष्य निर्धारण गरेको छ । नेपाल सरकारले पनि गरिबी निवारणका लागि भनेर विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

सरकारले सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित देशको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्यसमेत राखेको छ । नेपालमा गरिबी निवारणको लागि संघ, प्रदेश तथा पालिकामा अर्बाैँ रुपैयाँका फरक–फरक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । तर, अपेक्षाकृत रुपमा भने नेपालमा गरिबी घट्न सकेको छैन ।

5310
Shares

ट्रेन्डिङ