सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेमा दोहोरो झ’डप, दुई जना गम्भीर घाइ’ते

काभ्रेमा दोहोरो झ’डप, दुई जना गम्भीर घाइ’ते

58670
Shares
काभ्रेमा दोहोरो झ’डप, दुई जना गम्भीर घाइ’ते

काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ५ कामीडाँडामा दुई पक्षबीच दोहोरो झ’डप भएको छ ।

फुटबल खेलको बिषयलाई लिएर दुई पक्षबीच दोहोरो झ’डप भएको प्र’हरी चौकी ढुंखर्कले जनाएको छ । सुरूमा फुटबल प्रतियोगिताको आयोजक र वडा नम्बर ५ का दर्शक, खेलाडीबीच विवाद भएको थियो ।

वडा नम्बर ४ र आयोजक बीच खेल हुने भएपछि खेलाडी र रेफ्री तयारी भए । त्यसै क्रममा वडा नम्बर ५ का दर्शक र खेलाडीले आफुहरूलाई पनि खेलाउनु पर्ने माग राखे ।

वडा नम्बर ५ को टिमलाई भने टिम दर्ताको पैसा नदिएको भन्दै नकआउट गरिएको आयोजक सक्रिय समाजसेवी युवा क्लबका अध्यक्ष शैलेश तामाङले बताउनुभयो ।

टिम दर्ता शुल्क १० हजार तोकिएको थियो । वडा नम्बर ५ ले त्यो पैसा नबुझाई प्रतियोगितामा सहभागी जनायो । अर्को खेलमा पैसा बुझाउने सर्त सहित पहिलो खेल खेलाएको अध्यक्ष तामाङले बताउनुभयो ।

‘अर्को खेल खेल्नु अघि वडा नम्बर ५ को टिमले टिम दर्ता शुल्क तिर्ने सहमति भएको थियो । तर उहाँहरूले पैसा दिने कुनै तत्परता देखाउनु भएन् । अनि नकआउट गरियो ।

हिजो वडा नम्बर ४ र आयोजक बीच खेल हुनै लाग्दा मैदान बाहिर केहि उत्शृङखल ब्यक्तिहरूले तथानाम गाली गर्दै खेल भाँड्ने कोशिस भयो । सम्झाउन जाँदा साथीहरू भिरबाट लड्नुभयो । अध्यक्ष तामाङले भन्नुभयो ।’

क्लबका अध्यक्ष तामाङले वडा नम्बर ५ का खेलाडी, दर्शकको उक्साहटमा वडा नम्बर ४ का केहि ब्यक्ति समेत मिलेर आफुहरू माथि आक्रमण गरेको बताउनुभयो ।

ठेलामठेल हुँदा दुई जना युवा भिरबाट खसेको प्र’हरीको भनाई छ । भिरबाट खस्दा आयोजक सक्रिय समाजसेवी युवा क्लब वडा नम्बर ६ का सचिब ३१ बर्षीय निर बिक्रम लामा र वडा नम्बर ४ का २६ बर्षीय रघुवीर तामाङ गम्भीर घा’इते भएका छन् ।

निर बिक्रम लामाको काठमाडौँ र रघुवीर तामाङको धुलिखेल अस्पतालमा उपचार भैरहेको प्र’हरीले जनाएको छ । उनीहरू दुबै जनाको अवस्था सुधार भैरहेको बताइएको छ । झ’डपपछि बाँकी खेल सबै रोकिएको छ ।

असोज २३ गतेबाट सुरू भएको प्रतियोगिता भोली कार्तिक २ गते फाईनल थियो । पूर्व मन्त्री एवं एमाले काभ्रे जिल्ला ईन्चार्ज गोकुल बाँस्कोटालाई प्रमुख अतिथि बनाएर खेल समापन गर्ने आयोजकको तयारी थियो ।

58670
Shares

ट्रेन्डिङ