सबैको समाचार
शनिबार, बैशाख ८, २०८१

भोलि सार्वजनिक बिदा

5300
Shares
भोलि सार्वजनिक बिदा

काठमाडौं, कार्तिक १ : सरकारले भोलि (मंगलबार) मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘मोहम्मद जयन्ती १४ सय ९६’ को अवसरमा मुस्लिम समुदायलाई कात्तिक २ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यस्तै बैठकले साफ च्यापियनसिप फुटबलमा उपविजेता भएका खेलाडीहरूलाई जनही ५ लाख र प्रशिक्षकहरूलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ । खेलाडीको प्रोत्साहन स्वरूप उक्त रकम दिन लागिएको प्रवक्ता कार्कीले बताउनुभयो ।

5300
Shares

ट्रेन्डिङ