सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा कोरोनाका सक्रिय संक्रमित घटे, आज ५ जनामा कोरोना संक्रमण

काभ्रेमा कोरोनाका सक्रिय संक्रमित घटे, आज ५ जनामा कोरोना संक्रमण

4200
Shares
काभ्रेमा कोरोनाका सक्रिय संक्रमित घटे, आज ५ जनामा कोरोना संक्रमण

काभ्रे : काभ्रेमा आज थप ५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । आज थपिएका ५ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट पनौतीका १ र पाँचखालका ३ जना रहेका छन् ।

त्यस्तै एन्टिजेन विधिबाट गरिएको परिक्षणमा बनेपा र नमोबुद्धका १-१ जना रहेका छन् । यो संगै जिल्लमा अहिलेसम्म १४ हजार ७०४ पुगेको छ । आजै जिल्लाभर ७ जना संक्रमित उपचार पछी निको भएका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

अहिलेसम्म संक्रमितमध्ये १४ हजार ४८२ जना उपचारपछि निको भएका छन् । अब जिल्लामा ३५ जना सक्रिय संक्रमित रहेका छन्। काभ्रेका एक लाख ४९ हजार १८९ जनाले पूर्णमात्रा खोप लगाइसकेका छन् ।

भने एकमात्र डोज लगाउनेको संख्या एक लाख ८९ हजार ४२८ जना रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झा ले जनाकारी दिए ।

4200
Shares

ट्रेन्डिङ