सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१

१ सय १७ वर्ष की महिला

8455
Shares
१ सय १७ वर्ष की महिला

२९ नोभेम्बर १८९९ का दिन इटालीमा जन्मिएकी एम्मा आफ्ना मातापिताकी ८ मध्ये प्रथम सन्तान हुन्। उनका सबै भाइबहिनी बितिसकेका छन्। उनी जीवनभर प्रायः एक्लै बाँचिन्। सन् १९३८ मा उनले जन्माएको शिशुको मृत्यु भएपछि पतिसँग उनको सम्बन्धविच्छेद भयो।
top-ageयद्यपि इटालीमा सम्बन्धविच्छेदलाई सन् १९७० मा मात्र वैधता दिइएको थियो। सम्बन्धविच्छेदपछि उनी जुटको बोरा उत्पादन गर्ने कारखानामा काम गर्न थालिन्। गत वर्ष आफ्नो उमेर १ सय १६ वर्ष पुगिसकेपछि मात्रै पूर्ण रुपमा उनको रेखदेख गर्न थालिएको छ।
‘दैनिक तीन ओटा काँचो अण्डा र एकल जीवन मेरो दीर्घजीवनको रहस्य हो’
१ सय १६ वर्षको उमेरमा न्युयोर्ककी सुसाना मुसाट जोन्सको मृत्यु भएपछि गत मे महिनाबाट एम्मा विश्वकै सबैभन्दा वृद्ध व्यक्ति बनेकी हुन्।
एम्मा आफ्नो दीर्घजीवनको रहस्य दैनिक ३ ओटा काँचो अण्डा खानु र एकल जीवन बिताउनु रहेको बताउँछिन्। किशोरावस्थामा एक जना डाक्टरले अण्डा नियमित अण्डा खाँदा रक्तअल्पता हुँदैन भनेपछि उनले अण्डा खान थालेकी हुन्।

8455
Shares

ट्रेन्डिङ