सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • सवारीको यान्त्रिक परिक्षण गर्दै काभ्रे प्रहरी

सवारीको यान्त्रिक परिक्षण गर्दै काभ्रे प्रहरी

11420
Shares
सवारीको यान्त्रिक परिक्षण गर्दै काभ्रे प्रहरी

काभ्रे : काभ्रे जिल्लामा सवारी साधनहरुको यान्त्रीक परिक्षण गरिएको छ । ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत सवारी साधनको यान्त्रिक अवस्थाबाट हुने सवारी दु र्घ ट ना न्युनिकरण गर्ने उदेश्यले एक कार्यक्रमको आयोजना गरि यान्त्रीक चेकजाँच गरि समयमै सवारी साधन मर्मत गर्न परामर्श दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

जिल्ला प्र ह री कार्यालय धुलिखेल काभ्रे र जिल्ला ट्राफिक प्र ह री कार्यालय बनेपा, काभ्रेको संयुक्त आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल रहेका थिए ।

उक्त कार्यक्रम मार्फत नै मेकानिकहरुले सवारी साँधनको यान्त्रीक चेकजाँच गरेका थिए । उनीहरुले ब्रेकको अवस्था, टाईरेड, लाईट, टायरमा हावाको मात्रा र ईन्जिनको जाँच गरेका थिए ।

त्यसैक्रममा सवारी धनिलाई समयमा नै सवारी साधन मर्मत गर्न परामर्श गरीएको काभ्रेका प्रमुख प्रहरी उपरिक्षक भुपेन्द्र बहादुर खत्रीले जानकारी दिए ।

जिल्ला प्र ह री कार्यालय काभ्रेका प्रमुख प्र ह री उपरिक्षक भुपेन्द्र बहादुर खत्रीको आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न यातायात प्रा.लि.,मजदुर संगठन र मेकानिकहरुको उपस्थिति रहेको थियो ।

11420
Shares

ट्रेन्डिङ