सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेमा कोरोनाः सक्रिय कोरोना संक्रमित २९ जनामा झर्यो

काभ्रेमा कोरोनाः सक्रिय कोरोना संक्रमित २९ जनामा झर्यो

4545
Shares
काभ्रेमा कोरोनाः सक्रिय कोरोना संक्रमित २९ जनामा झर्यो

काभ्रे : केहिदिन देखी कोरोना संक्रमितको संख्यामा कमि आएसंगै काभ्रेमा सक्रिय संक्रमितको संख्यामा कमि आएको छ । अहिलेसम्म जिल्लामा २९ जना रहेका छन् ।

आज ६ जना कोरोनाका बिरामी कोरोनामुक्त भई डिस्चार्ज भएपछि सक्रिय संक्रमित घटेका हुन् ।आज जिल्लामा संक्रमित हुनेको संख्या शून्य रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

अहिलेसम्म जिल्लाका १४ हजार ७०९ जना कोरोना संक्रमित भइसकेका छन् ।ती मध्ये १४ हजार ४८८ जना निको भएका स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झा ले जनाकारी दिए । काभ्रेका २६८जनाले कोरोनाका कारण ज्यान गु मा इसकेका छन् ।

यसैबिच आज बनेपा नगरपालिका,मण्डनदेउपुर नगरपालिका र रोशी गाउँपालिकाका ३८७ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने एक हजार ५२७ जनाले दोस्रो मात्रा लगाएका पनि डा. झा ले जानकारी दिए ।

4545
Shares

ट्रेन्डिङ