सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अब काभ्रेको पाँचखालको कृषिमा इजरायली प्रविधि

अब काभ्रेको पाँचखालको कृषिमा इजरायली प्रविधि

4130
Shares
अब काभ्रेको पाँचखालको कृषिमा इजरायली प्रविधि

काभ्रे : काभ्रेको पाँचखाल नगरपालिकाका मेयर महेश खरेल र नेपालका लागि इजरायली राजदूत हनान गोडर बीच भेटवार्ता भएको छ । आज राजदूत गोडरले मेयर खरेललाई पाँचखाल स्थित नगरपालिकाकै कार्यालयमा पुगेर भेट गर्नु भएको हो । भेटमा कृषि क्षेत्रमा दुई पक्षीय साझेदारीका बिषयमा छलफल भएको मेयर खरेलले बताउनुभयो ।

‘इजरायल र पाँचखाल नगर बीच कृषि क्षेत्रलाई आधुनिकिकरण र नयाँ प्रबिधी भित्र्याउने बिषयमा छलफल भयो । केहि समयमानै यसले मुर्त रुप लिनेछ । मेयर खरेलले भन्नुभयो ।’

पाँचखाल नगरपालिकाले बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै आएको छ । ‘पाँचखाल नगर-कृषि शहर’ मुल मन्त्र बनाएर नगरपालिकाले काम गर्दै आईरहेको छ ।

पाँचखाल नगरपालिका ताजा तरकारी र अन्न उत्पादनका हिसाबले काभ्रे जिल्लाकै सबैभन्दा राम्रो क्षेत्र मानिन्छ । तर सिंचाई अभावमा सोचेजति किसानले आम्दानी लिन भने सकेका छैनन् ।

कृषिमा इजरायली प्रविधि, ज्ञान र सीप विश्वमै उत्कृष्ट मानिन्छ । त्यहि प्रविधिलाई पाँचखाल जस्तो उर्वर भूमिमा प्रयोग गर्न सके अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय तरकारी र फलफूल उत्पादनमा सकिने मेयर खरेलको विश्वास छ ।

4130
Shares

ट्रेन्डिङ