सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१

कस्तो रहला आजको मौसम ?

4120
Shares
कस्तो रहला आजको मौसम ?

आज पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली रहने मौसमविद्ले बताएका छन् । केही ठाउँमा घाम लागे पनि आज पूरै मौसम सफा भने नहुने मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

उहाँकाअनुसार आज केहीबेर घाम लाग्ने र केहीबेर फेरि बादल लाग्ने हुन्छ । आज केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने पनि उहाँले बताउनुभयो । पानी परेका ठाउँमा मेघगर्जन र चट्याङ्ग पनि पर्ने मौसमविद् बासीले बताउनुभयो ।

नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य आंशिक प्रभाव परेको छ । यसकै प्रभावका कारण मौसम आंशिकदेखि सामान्य बद्ली भएको हो । तर, आज ठूलो पानी भने नपर्ने मौसमविद्ले बताएका छन् ।

4120
Shares

ट्रेन्डिङ