सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेको धुलिखेलमा एमालेको कुन वडामा कति छन् संगठित सदस्य ?

काभ्रेको धुलिखेलमा एमालेको कुन वडामा कति छन् संगठित सदस्य ?

8165
Shares
काभ्रेको धुलिखेलमा एमालेको कुन वडामा कति छन् संगठित सदस्य ?

काभ्रे :  धुलिखेल नगरपालिकामा नेकपा एमालेको संगठित सदस्य ३ हजार भन्दा बढी रहेका छन् । प्राप्त विवरण अनुसार नगरपालिकाभित्र एमालेको ३ हजार ३ हजार ३७ जना संगठित छन् । जसमा सबैभन्दा बढी वडा नम्बर २ मा ४४२ जना संगठित सदस्य रहेका छन् ।

वडा नम्बर ११ मा सबैभन्दा बढी महिला संगठीत सदस्य छन् । नगरपालिकाको १२ वटा वडा मध्ये वडा नम्बर ११ मा जम्मा ४३५ संगठित सदस्य रहँदा महिला संगठीत सदस्य १३९ छन् ।

नगरभित्र पुरुष २ हजार १२६ र महिला ९ सय ११ जना एमालेका संगठित सदस्य रहेका छन् । दलित संगठित सदस्यको संख्या १६० रहेको छ । २ हजार २०९ जना नयाँ संगठित सदस्य थपिएका छन् । पुरानो ८ सय ९४ जना थिए । जसमा ८ सय २८ जनाले नवीकरण गरेका छन् । पुराना ६३ जनाले सदस्यता नविकरण नगरेका हुन् ।

वडा नम्बर १ मा २१० जना, वडा नम्बर २ ४४२ जना, वडा नम्बर ३ मा २२७ जना वडा नम्बर ४ मा १५१ जना, वडा नम्बर ५ मा १६० जना, वडा नम्बर ६ मा २१२ जना, वडा नम्बर ७ मा २१९ जना, वडा नम्बर ८ मा ३३४ जना, वडा नम्बर ९ मा २४२ जना, वडा नम्बर १० मा १७७ जना, वडा नम्बर ११ मा ४३५ र वडा नम्बर १२ मा २२६ जना संगठित सदस्य रहेका छन् ।

8165
Shares

ट्रेन्डिङ