सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विस्फोटक पदार्थको तस्करीको रहस्य

विस्फोटक पदार्थको तस्करीको रहस्य

10360
Shares
विस्फोटक पदार्थको तस्करीको रहस्य

भारतबाट नेपालमा विष्फोटक पदार्थ तस्करीमा संलग्न ७ सदस्य पक्राउ परेका छन्। नेपालका भूमिगत समूहका लागि भारतको सिलगुडीबाट विष्फोटक पदार्थ तस्करीमा संलग्न रहेको आरोपमा नेपालमा ४ र भारतमा ३ जना पक्राउ परेका हुन्।
bom
अनुसन्धानमा उनीहरुले माछा मार्न प्रयोग गर्ने भन्दै भारतको सिक्किममा कोइलाखानीमा काम गर्ने नेपाली नागरिकलाई प्रयोग गरेर नेपालमा जिलेटिन, डेटोनेटर लगायतका विष्फोटक पदार्थ भित्र्याउने गरेको प्रहरीको विशेष ब्युरोको अनुसन्धानमा खुलेको छ।
भारतको सिक्किममा तीन जना नेपाली नागरिक विष्फोटकपदार्थ सहित पक्राउ परेपछि उनीहरुको नेपाल कनेक्सन खुलेको हो।
‘भारतमा रहेका नेपाली नागरिकको सहयोगमा नेपालमा विष्फोटक पदार्थ तस्करी गर्न सक्रिय देखिएका केही पक्राउ परेका छन्,’ विशेष ब्युरोका प्रमुख डिआइजी बमबहादुर भण्डारीले भने, ‘उनीहरुले माछा मार्न ल्याउन लागेको दावी गरे पनि भूमिगत समूहका लागि काम गरेको हुनसक्ने देखिएकाले अनुसन्धान जारी राखेका छौं।’

डेटोनेटरको सिलगुडी कनेक्सन

कात्तिक २१ गते भारतीय प्रहरीले सिलगुडीमा संखुवासभाका दावा तेर्सिंङ भोटे, पूजा लिम्बु र कृष्णप्रसाद अधिकारीलाई ६ सय जिलेटिनको रड, २ सय डेटोनेटर क्वाइलसहित पक्राउ गरेको थियो।
पक्राउ परेका दावा र लिम्बु कोइला खानीमा सँगै काम गर्दै आएका दम्पति थिए। उनीहरुले कोइलाखानीमा रहेको विष्फोटक पदार्थ ल्याएर आफ्नो डेरामा राखेका थिए। निजी सुरक्षा कम्पनीमा कार्यरत अधिकारीसमेत उनीहरुसँग संलग्न देखिएपछि भारतीय प्रहरीले उनलाई समेत पक्राउ गर्‍यो।
पक्राउ परेकाहरुबाट ती विष्फोटक पदार्थ झापामा रहेका नेपाली नागरिकले यसअघि पनि मगाउने गरेको र भारतीय प्रहरीले फेला पारेको विष्फोटक पदार्थ उनीहरुले नै मगाएको खुलाएपछि सिलगुडी प्रहरीले नेपाल प्रहरीलाई जानकारी दिएको थियो।
भारतीय प्रहरीको जानकारीको आधारमा अनुसन्धानमा जुटेको विशेष ब्युरोको टोलीले झापा प्रहरीको सहयोगमा फुर्बु भोटे र तेर्सिङ भोटेलाई पक्राउ गरेको थियो।
पक्राउ परेका दुबै जनाले संखुवासभाका महेन्द्र राईले मगाएको बयान दिएपछि प्रहरीले उनलाई समेत पक्राउ गरेको थियो। संखुवासभामै अर्का एक जना पक्राउ परेको पुष्टि भए पनि चौथो ब्यक्तिको पूर्ण विवरण भने खुल्न सकेको छैन।

विष्फोटको रुट : झापादेखि संखुवासभा

ब्युरोका प्रमुख भण्डारीका अनुसार भारतबाट नेपाल भित्र्याएको विष्फोटक पदार्थ झापा हुँदै संखुवासभा पठाउने पुरानै रुट हो।
प्रहरी चौकी आक्रमणको योजना बनाएको आरोपमा प्रहरीको विशेष ब्युरोले कात्तिक ८ मा मंगोल नेशनल फोर्सका कार्यकर्तालाई हतियार र विष्फोटकपदार्थ सहित पक्राउ गरेको थियो, जसमध्ये एक थिए पृथ्वीनारायण लिम्बु।
सिंगापुरे प्रहरीमा काम गरेर फर्किएका उनी ७ महिना अगाडि झापाबाट सकेट बम ताप्लेजुङ पठाउँदा पक्राउ परेका थिए। उनको पक्राउपछि प्रहरीले भारतबाट खुल्ला सिमा हुँदै विष्फोटक पदार्थ नेपाल भित्र्याएर झापा हुँदै संखुवासभामा पठाउने गरेको खुलेको थियो।
ब्युरोले पक्राउ गरेको तीनै जनाले लिम्बुकै शैलीमा विष्फोटक पदार्थ नेपाल भित्र्याएर झापाबाट संखुवासभा पठाउने गरेको खुलेपछि प्रहरी गम्भीर देखिएको हो।
भारतमै तीन जना पक्राउ परेकाले यो पाली विष्फोटक पदार्थ नेपाल भित्रिन पाएन। अनुसन्धानमा संलग्न अधिकारीका अनुसार उनीहरुले यसअघि समेत सिलगुडी हुँदै विष्फोटक पदार्थ तस्करी गरी नेपाल भित्र्याएर संखुवासभा पठाउने गरेको खुलेपछि प्रहरी बढी गम्भिर देखिएको छ।

10360
Shares

ट्रेन्डिङ