सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर झाको सरूवा, नयाँ कार्यालय प्रमुखमा को आए ?

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर झाको सरूवा, नयाँ कार्यालय प्रमुखमा को आए ?

5575
Shares
स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर झाको सरूवा, नयाँ कार्यालय प्रमुखमा को आए ?

काभ्रे : स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख, बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार सरूवा हुनुभएको छ । डाक्टर झा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य निर्देशनालय हेटौंडामा सरूवा हुनुभएको हो ।

डाक्टर झाले स्वास्थ्य कार्यालय काभ्रेमा २ वर्ष, २ महिना, ८ दिन बिताउनु भएको छ । स्वास्थ्य कार्यालय काभ्रेको नयाँ कार्यालय प्रमुख बनेर वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर पुरुषोत्तम राज सेढाई आउनु भएको छ । डाक्टर सेढाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वास्थ्य कार्यालय काभ्रेको नयाँ कार्यालय प्रमुख बनेर आउनु भएको हो ।

डाक्टर सेढाईको जन्म जिल्ला पनि काभ्रे नै रहेको बताईएको छ । काभ्रे जिल्लामा रहँदा डाक्टर नरेन्द्र कुमार झाले कोभिड नियन्त्रणका लागि विशेष भुमिका खेल्नु भएको थियो ।

जिल्लामा कोरोना भाईरसको पहिलो र दोस्रो लहर नियन्त्रणका लागि स्वास्थ्य कार्यालय मार्फत डाक्टर झाले गरेको समन्वय प्रसंशानीय रह्यो । उत्कृष्ट कार्य गरे बापत नै डाक्टर झालाई राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रवल जनसेवाश्री चतुर्थ’ द्वारा विभुषित गर्नुभएको थियो । त्यस्तै जिल्ला समन्वय समिति काभ्रेले पनि डाक्टर झालाई सम्मान गरेको थियो ।

5575
Shares

ट्रेन्डिङ