सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • धुलिखेल ११ पात्लेखेत काँग्रेसद्धारा भातृ सङगठन बिस्तार

धुलिखेल ११ पात्लेखेत काँग्रेसद्धारा भातृ सङगठन बिस्तार

7070
Shares
धुलिखेल ११ पात्लेखेत काँग्रेसद्धारा भातृ सङगठन बिस्तार

काभ्रे : काभ्रेको धुलिखेल नगरपालिका ११ पात्लेखेत काङ्गेसले भातृ सङठन बिस्तार गरेको छ । आज बसेको कार्य समिती बैठकले भातृ सङठन बिस्तार गरेको हो । संगठन बिस्तारतर्फ तरुण दल, ने.वि संघ,महिला संघ,आदिवासी जनजाती, किसान संघ रहेका छन् ।

संगठन विभाग प्रमुखमा अर्जुन हुमागाईँ,तरुण दलको संयोजकमा विनोद कुमार धिताल,उपसंयोजकमा वसन्त लामा,सचिवमा गणेश थापा,सह सचिवमा गणेस गौतम, उत्तम अधिकारी, सदस्यमा नवराज धिताल रहेका छन् ।

त्यस्तै ने. वि. संघको संयोजकमा प्रदिप सापकोटा सचिवमा विशाल धिताल रहेका छन । महिला संघको संयोजकमा उर्मिला प्याकुरेल, सहसंयोजक बिनु थापा , सचिवमा बिना पौडेल रहेका छन । यसैगरी आदिवासी तथा जनजाती संघको संयोजकमा बुद्ध सिंह लामा, सचिवमा इमान सिंह तामाङ रहेका छन ।

किसान संंघको संयोजकमा साधुराम हुमागाईं लाई जिम्मेवारी दिएको छ । बैठकमा कार्यसमिती सदस्य तथा नगर निर्वाचित नगर सदस्य तथा क्षेत्रीय प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

यसैबिच धुलिखेल नगरपालिका ११ काँग्रेसको आयोजनामा देउसी भैलो तथा शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गर्ने समेत निर्णय भएको छ । १९ गते कार्यक्रम आयोजना गर्ने वडा सभापती नारायण ओझा र सचिव रोशन तिमल्सिनाले जानकारि दिए ।

7070
Shares

ट्रेन्डिङ