सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेको खानीखाेला एमालेमा चरम विवाद

काभ्रेको खानीखाेला एमालेमा चरम विवाद

5060
Shares
काभ्रेको खानीखाेला एमालेमा चरम विवाद

काभ्रे : काभ्रेको खानीखोला गाउँपालिकामा एमालेले कात्तिक ९ गते नै अधिवेशन गर्न नसक्नुको कारण सहतमा आएको छ । दुई गुट बीचको वि वा दले समयमै अधिवेशन हुन नसकेको कुरा प्रष्ट देखिएको छ । त्यो कुराको पुनर्पुष्टि नव निर्वाचित पालिका कमिटी सचिब मान बहादुर गोलेले गर्नु भएको छ ।

अध्यक्ष सहितको पदाधिकारीमा रस्साकस्सी परेपछि नेतृत्व चयन पनि विवाद रहित हुन सकेन् । नवनिर्वाचित सचिब गोलेले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ‘सबैमा बधाइ ……केन्द्रियता ।’

अध्यक्ष सहितको पदाधिकारी सर्वसम्मत चयन गरेपनि चरम असन्तुष्टि कायमै रहेको नव निर्वाचित सचिब गोलेको स्टाटसले पुष्टि गरेको छ । गोले आफै पनि पालिका कमिटी अध्यक्षको दाबेदार हुनुहुन्थ्यो ।

स्रोतका अनुसार पालिका कमिटीको अध्यक्षमा शेखर लामा समूहका डम्बरबहादुर तिमल्सिना चयन हुनुभएको छ । शेखरले जिल्ला ईन्चार्ज गोकुल बाँस्कोटालाई नेता मान्दैनन् । उनले सिधा सम्पर्क एमाले उपमहासचिब विष्णु पौडेलसंग गर्ने गर्नु भएको छ ।

अधिवेशनले उपाध्यक्षमा जयबहादुर लुङ्गेली मगर, सचिबमा मानबहादुर गाेले, उपसचिबमा विरेन्द्रबहादुर ब्लाेन र दुर्गाबहादुर तिमल्सिना चयन गरेको हो । अध्यक्ष तिमल्सिना बाहेक अन्य पदाधिकारी भने गोकुल बाँस्कोटा निकट रहेको बताईएको छ ।

अधिवेशनले पदाधिकारी सहित ७५ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ । खानीखोला गाउँपालिकाको एमाले अधिवेशन उदघाटन गर्न बाँस्कोटा हेलिकप्टर लिएर तालढुंगा पुग्नुभएको थियो ।

खानीखोला गाउँपालिका सहित एमालेले काभ्रेमा १३ मध्ये ११ वटामा अधिवेशन सकिएको छ । बेथानचोक गाउँपालिकामा १५ गते अधिवेशनको मिति तोकिएको छ । रोशी गाउँपालिकामा भने अझै अधिवेशन टुंगो लागेको छैन् ।

5060
Shares

ट्रेन्डिङ