सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कांग्रेस र माओवादीलाई कोल्याप्स पार्न एमाले नेता गोकुल बाँस्कोटाको निर्देशन

कांग्रेस र माओवादीलाई कोल्याप्स पार्न एमाले नेता गोकुल बाँस्कोटाको निर्देशन

3585
Shares
कांग्रेस र माओवादीलाई कोल्याप्स पार्न एमाले नेता गोकुल बाँस्कोटाको निर्देशन

नेकपा एमालेका प्रभावशाली युवा नेता गोकुल बाँस्कोटाले आगामी निर्वाचनमा नुवाकोट जिल्लामा कांग्रेस र माओवादीलाई कोल्याप्स पार्न निर्देशन दिएका छन । आइतबार एमालेको विदुरनगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहेका बास्कोटाले आगामी निर्वाचनमा कांग्रेस र माओवादीलाई कोल्याप्स गर्नुको विकल्प नरहेको बताए ।

करिब डेढ घण्टा सम्बोधन गरेका बाँस्कोटाले आगामी निर्वाचनमा एमालेले प्रतिनिधिसभामा मात्रै किम्तिमा १३८ सिटमा जित हाँसिल गर्नुपर्ने बताए । उनले ६ पटक अर्थमन्त्री भएका डा रामशरण महतले विकासका नाममा जिल्ला जोड्ने एउटा सडक समेत बनाउन नसकेको भन्दै जनताले मतदान गर्ने कि मलामी बन्ने भन्ने विषयमा निर्णय लिनुपर्ने बताए ।

कांग्रेसले पटक पटक सत्तामा बसेर केही नगरे पनि नेकपा एमालेले त्रिदेशीय मार्गको नुवाकोट खण्ड कालोपत्रे गरिसकेको र छहरे टोखामा सुरूङ मार्ग निर्माणको काम सुरू हुने चरणमा पुर्याएको बताए ।

उनले नुवाकोटकै बाटो हुँदै काठमाडौँ रेल पुर्याउनका लागि एमालेले सपना देखेको भन्दै साकार पार्ने काम पनि एमालेले नै गर्ने बताए । नेता बाँस्कोटाले विकासका लागि एमालेको विकल्प नभएको बताए । उनले वडा तहदेखि संगठन बलियो बनाउँदै गएपछि चुनावमा राम्रो नतिजा प्राप्त गर्न सक्ने बताए ।
साभार : दैनिकी

3585
Shares

ट्रेन्डिङ