सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेकपा (एस) काभ्रे वडा र नगर कमिटी विस्तारलाई निरन्तरता दिदैँ, कहाँ कसको नेतृत्व ?

नेकपा (एस) काभ्रे वडा र नगर कमिटी विस्तारलाई निरन्तरता दिदैँ, कहाँ कसको नेतृत्व ?

7515
Shares
नेकपा (एस) काभ्रे वडा र नगर कमिटी विस्तारलाई निरन्तरता दिदैँ, कहाँ कसको नेतृत्व ?

काभ्रे : नेकपा (एकीकृत समाजवादी) को मण्डनदेउपुर नगर कमिटी विस्तारित बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । शुक्रबार जिल्ला पार्टी अध्यक्ष टोक बहादुर वाइबाको प्रमुख आतिथ्यतामा बसेको बैठकले विभिन्न निर्णय गर्दै कार्य विभाजन गरेको हो ।

बैठकले नगर कमिटीको बैठक नियमित गर्ने,नगरभित्रको सबै वडामा पार्टीको संगठित सदस्यता वितरण गर्ने,वडा कमिटी गठन हुन बाँकी रहेको तीन वटा वडामा जतिसक्दो छिटो कमिटी गठन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले पार्टी कार्यालय स्थापना र सञ्चालन गर्ने, नगर र वडास्तरीय अखिल नेपाल महिला संघ र उत्पीडित जातीय मुक्ति समाज गठन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले आर्थिक विभाग प्रमुखमा राम प्रसाद श्रेष्ठ, प्रचार विभाग प्रमुखमा गणेश पराजुली, स्कूल विभाग प्रमुखमा माधव न्यौपाने, संगठन विभागमा प्रमुख सते सिं तामाङ, युवा तथा खेलकुद विभाग प्रमुख नारायण ढकाल, उत्पीडित जातीय विभाग प्रमुखमा उमेश बलयकोटी र समाज कल्याण विभागको प्रमुखमा जर्नादन तिमल्सिनालाई जिम्मेवारी दिएको छ ।

त्यसैगरी नगर कमिटीमा पदाधिकारी थप गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले नगर कमिटीको कार्यालय स्थापना गर्ने जिम्मा बलराम सापकोटा र राम प्रसाद श्रेष्ठलाई दिएको छ ।

पाँचखाल नगरपालिका–३ मा नेकपा (एस) को अध्यक्षमा दाहाल
नेकपा (एकीकृत समाजवादी) ले पाँचखाल नगरपालिका वडा नम्बर ३ मा वडा कमिटी गठन गरेको छ । भेलाले वडा कमिटी अध्यक्षमा फाल्गुण प्रसाद दाहाल, उपाध्यक्षमा सन्तोष गिरी, सचिबमा पुरूषोत्तम आचार्य, सहसचिब रामप्रसाद अधिकारी र रमा खड्का बानियाँलाई चयन गरेको छ ।

उक्त भेलाले पदाधिकारी सहित ३८ सदस्यीय नगर कमिटी गठन गरेको हो । उक्त कार्यक्रमलाई संविधानसभा सदस्य एवं नेकपा एसका केन्द्रीय सदस्य विदुर सापकोटा, सांसद एवं नेकपा एसका प्रदेश कमिटी सचिब लक्ष्मण लम्साल, सांसद एवं नेकपा एसका काभ्रे जिल्ला उपाध्यक्ष बसुन्धरा हुमागार्इँ, प्रदेश कमिटी सदस्य ओम लामिछाने, जिल्ला कमिटी सदस्य रण बहादुर बोहोरा, वडा नम्बर ६ का वडाध्यक्ष रामशरण दुलाल लगायत नेताहरूले सम्बोधन गर्नुभएको थियो ।

नेकपा एसले पाँचखाल नगरपालिकाको वडा नम्बर २ र ६ मा पनि वडा कमिटी गठन गरिसकेको छ । अन्य वडामा पनि क्रमशः वडा कमिटी गठन गर्दै जाने नेकपा (एकीकृत समाजवादी) पाँचखाल नगर कमिटी अध्यक्ष रविन्द्र सिपखानले बताउनुभयो ।

यसैबिच नेकपा (एकीकृत समाजवादी) ले बनेपा नगरपालिका वडा नम्बर ६ मा पनि वडा कमिटी गठन गरेको छ । शनिबार भएको भेलाले रेश्मा थापा को अध्यक्षतामा वडा कमिटी गठन गरेको हो । उपाध्यक्षमा सूर्य केसी र विष्णु माया श्रेष्ठ, सचिबमा ओम कुमार केसी, उपसचिबमा प्रदिप नेपाल र शिब पौडेल रहनुभएको छ । पदाधिकारी सहित वडा कमिटीमा ५१ सदस्यीय सदस्य रहेका छन् ।

यस्तै वडा स्तरिय युवा संघ नेपाल पनि गठन गरिएको छ । सूर्य केसी अध्यक्ष रहेको ३१ सदस्यीय युवा संघ नेपाल वडा कमिटी गठन गरिएको हो । उपाध्यक्षमा आशिष केसी, सचिबमा शिव हरि पाठक, सहसचिबमा विशाल सापकोटा र आशा केसी, कोषाध्यक्षमा यादव केसी चयन हुनुभएको छ ।

नेकपा एसले अखिल नेपाल महिला संघ वडा कमिटी पनि गठन गरेको छ । शान्ति न्यौपाने अध्यक्ष रहेको २४ सदस्यीय कमिटी गठन गरिएको हो ।उता तेमाल गाउँपालिकाको वडा नम्बर ६ ठूलोपर्सेलमा नेकपा (एकीकृत समाजवादी) वडा कमिटी विस्तार गरेको छ ।

शनिबार केन्द्रीय अनुशासन विभागका प्रमुख शिव बहादुर देउजाको प्रमुख आतिथ्यतामा भएको भेलाले सूर्य बहादुर लामाको अध्यक्षतामा २५ सदस्य वडा कमिटी गठन गरेको हो ।

वडा कमिटीको उपाध्यक्षमा चक्र बहादुर तामाङ र छेटुप तामाङ, सचिबमा सत्यमान लामा (घिसिङ), सहसचिवमा दिपेश विक, रत्न बहादुर सिजाली र रन्जित रानामगर रहनुभएको छ । वडा भेलाले वियोग तामाङ अध्यक्ष रहेको २५ सदस्यीय युवा संघ नेपालको वडा कमिटी पनि गठन गरेको छ ।

युवा संघ नेपालको उपाध्यक्षमा विकास लामा काल्देन, शरण थापा मगर, सचिबमा नविन राणा मगर, सहसचिबमा रोशन थापा र पाल्साङ तामाङ रहनुभएको छ । वडा भेलालाई एकीकृत समाजवादी केन्द्रीय सदस्य एवं जिल्ला पार्टी अध्यक्ष टोक बहादुर वाईबा, जिल्ला कमिटी सदस्य तथा तेमाल गाउँपालिका कमिटीका अध्यक्ष प्रदिप तामाङले पनि सम्बोधन गर्नुभएको थियो ।

सांसद एवं नेकपा एसका काभ्रे जिल्ला उपाध्यक्ष बसुन्धरा हुमागाईले जिल्लाको सबै स्थानीयमा जतिसक्दो छिटो वडा कमिटीलाई पूर्णता दिने गरी काम भइरहेको बताउनुभयो । जिल्ला कमिटीले १३ वाटै पालिकामा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष तोकिएको छ ।

7515
Shares

ट्रेन्डिङ