सबैको समाचार
बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • प्रचण्डका प्रिय व्यापारी सुमार्गीको हेलो नेपालको लाइसेन्स अब कता ?

प्रचण्डका प्रिय व्यापारी सुमार्गीको हेलो नेपालको लाइसेन्स अब कता ?

3300
Shares
प्रचण्डका प्रिय व्यापारी सुमार्गीको हेलो नेपालको लाइसेन्स अब कता ?

काठमाडौं । व्यापारी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल) को अनुमति पत्र (लाइसेन्स) खारेजी हुने भएको छ । लाइसेन्सको रोयल्टी बक्यौता गत असारभित्र बुझाउनुपर्ने समय निर्धारण भएकोमा हेलो नेपाल उक्त समयभित्र नेपाल दूरसञ्चार प्राधिकरणसँग सम्पर्कविहीन भएसँगै लाइसेन्स खारेजीको अवस्थामा पुगेको हो ।

यसअघि पनि सुमार्गीको हेलो नेपालको आधारभूति दूरसञ्चार सेवा (मोबाइल) प्रदायकको लाइसेन्स खारेजीको प्रक्रियामा गएको थियो । २०७६ भदौ १३ मा लाइसेन्सको रोयल्टीको बक्यौता रकम नतिरेपछि प्राधिरकणले स्मार्ट टेलिकम र नेपाल स्याटेलाइट टेलिकमको लाइसेन्स खारेजी गर्ने निर्णय गरेको थियो ।

तर, २०७६ साल पुस २१ गते मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार हेलो नेपालको लाइसेन्स खारेजी हुनबाट जोगिएको थियो । प्राधिकरणले भने गत असारसम्म पनि कम्पनीले झण्डै ३३ करोड रकम बराबरको बक्यौता नबुझाएपछि कम्पनीलाई पत्रमार्फत लाइसेन्स खारेज किन नगर्ने ? भन्दै स्पष्टीकरण मागेको छ ।

त्यसो त लाइसेन्सकै विषयमा सर्वाेच्चमा यसअघि मुद्धा पनि परेको थियो । सर्वाेच्चले भने प्राधिकरणकै पक्षमा मुद्धाको फैसला सुनाएको थियो । त्यसपछि पनि प्राधिकरणको निर्णयविरुद्ध सुमार्गी पक्षले सञ्चार तथा सूचानाप्रविधि मन्त्रालयमा पुनरावेदन गरेको थियो । त्यतिबेला गोकुल बास्कोटा थिए सञ्चार मन्त्री ।

सुमार्गी समूहको पुनरावेदनपछि मन्त्रालयले पुनरावेदनको सुनुवाइ गर्दै मन्त्रिपरिषदमा किस्तावन्दीमा बक्यौता रकम तिर्न छुट दिएको थियो । र, ५ किस्तामा बक्यौता रकम तिर्न भनेर मन्त्रिपरिषद्ले निर्णय गरेको थियो।

तर, पटक पटक किस्ता बन्दीमा बक्यौता रकम तिर्न समय दिइए पनि हेलो नेपालले बक्यौता रकम तिरेको छैन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रिय पात्र मानिने सुमार्गीको हेलो नेपालको लाइसेन्स खारेज होला कि बचाइएला ?

3300
Shares

ट्रेन्डिङ