सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • हाँस्य रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द

हाँस्य रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द

3655
Shares
हाँस्य रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द

हाँस्य रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ। आगामी साताको एपिसोडसँगै कलाकार जितु नेपालले निर्माण निर्देशन र सञ्चालन गर्दै आएको हाँस्य रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको हो।

कार्यक्रममा पात्र, स्टुडिओलगायतको समस्या भएकाले कार्यक्रम बन्द गर्न लागिएको सञ्चालक जितु नेपालले जानकारी दिए। ‘पात्रहरूले पनि धो का दिए। एउटा रियालिटो शो लामो समयसम्म गरिसकेपछि बीचमा केही समय ब्रेक लिनुपर्ने रहेछ।

अरूले पनि निश्चित भागको प्याकेज गर्दारहेछन्। तर मैले ११ वर्षसम्म जिरेखुर्सानी बनाइरहेको भएकाले चलिरहेको छ, लैजाउ न भन्दा कहिले भनेजस्तो गर्न नसक्ने, कहिले कलाकार, कहिले स्टुडिओलगायतको तालमेल मिलिरहेको थिएन। जसोतसो यहाँसम्म ल्याइयो अब चै ब्रे क गरौं भन्ने निर्णय भयो’, नेपालले भने।

अब आउने साता हिमेश पन्त र सुमन कोइरालासँगको कार्यक्रमनै अन्तिम हुने उनले जानकारी दिए। यहीँ फर्म्याटमा नभए पनि विज्ञापन र टेलिभिजनबीच सहकार्य भएमा फेरि पनि आउन सक्ने उनले बताए। ‘अर्को नयाँ तरिकाले आउन त आउँछ। तर विज्ञापन, हामी र टेलिभिजनबीच सहकार्य हुनुपर्छ’, उनले भने

सिजन–२ को ५४ औँ एपिसोड पुगिसकेको शो बन्द भएपछि आफू डाक्टर कपिल रिजालको निर्माण निर्देशनमा बन्न लागेको फिल्ममा आवद्ध भएको जानकारी दिए। ‘साम्राज्ञीसँग खेल्नका लागि डाक्टर कपिल रिजालले निर्माण र निर्देशन गर्न लागेको फिल्ममा आवद्ध भइसकेको छु, आगामी मंसिर १५ बाट सुटिङ सुरू हुन्छ,’ उनले भने।

यसबाहेक आफ्नो नयाँ टेलिसिरियल बनाउने योजनासमेत रहेको नेपालले सुनाए। ‘राजनीतिक विषय बस्तुलाई व्यङ्ग्यात्मक तरिकाले सिरियल बनाउने योजनामा छु, केही समय पछि सुरू गर्छु होला’, उनले भने।

3655
Shares

ट्रेन्डिङ