सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेपालमा एड्स संक्रमित ८० प्रतिशतले घटे

नेपालमा एड्स संक्रमित ८० प्रतिशतले घटे

3355
Shares
नेपालमा एड्स संक्रमित ८० प्रतिशतले घटे

एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै वृहत रुपमा जनचेतना जगाउने र भावी कार्यक्रमको लागि बहुपक्षीय संलग्नता बढाउने अभिप्रायले सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर एक तारीखका एड्स दिवस मनाउने गरिन्छ ।
विश्वमा एचआइभी पत्ता लागेको ३५ वर्ष पूरा भएसँगै नेपाल लगायत विश्वमा एचआइभीको नयाँ संक्रमणमा कमी आएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार सन् २०१५ सम्ममा विश्वमा एड्स रोगका विरामीको संख्या तीन करोड ६७ लाख रहेको अनुमान गरिएको छ भने नेपालमा हाल करिब ३९ हजार ३९७ जनामा एचआइभीको संक्रमण रहेको अनुमान छ ।
जसमा पुरुषको संख्या चौबीस हजार ४४९ र महिलाको संख्या चौध हजार ९४८ रहेको छ ।
त्यस्तै नेपाली संक्रमितमा १५ देखि ४९ वर्ष समूहका वयष्क जनसंख्या मध्ये ०.२ प्रतिशतमा मात्र एचआइभीको संक्रमण रहेको अनुमान छ ।
नेपालमा करिब ८५ प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौनसम्पर्कबाट हुने गरेकोे पाइएको छ ।
एचआइभीको उच्च जोखिममा रहनेहरुमा सुईद्धारा लागुऔषध प्रयोग गर्ने र पुरुष समलिंगी यौनकर्मीहरुमा एचआईभीको संक्रमण हुने जोखिम उच्च रहेको पाइएको छ ।
त्यस्तै यौनकर्मी, तेश्रोलिंगी, वैदेशिक रोजगारीमा जानेहरु र कैदीहरुमा पनि संक्रमणको जोखिम उच्च रहेको केन्द्रका निर्देशक तरुण पंगेनी बताउँछन् ।
हाल नेपालमा एड्सको नयाँ संक्रमणमा ८० प्रतिशतले र एड्स सम्बन्धी मृत्युमा सन् २००७ (नेपालमा एड्सबाट सबैभन्दा धरै मृत्यु भएको वर्ष)को तुलनामा २२ प्रतिशतले कमी आएको छ । त्यसैगरी, एआरभी अर्थात औषधी सेवन गर्नेको संख्या १४६ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।
त्यस्तै, सन् २००० को तुलनामा हाल विश्वमा एड्स रोगको नयाँ संक्रमणमा ३५ प्रतिशतले कमी आएको छ भने झण्डै ५८ प्रतिशत बालबालिकामा नयाँ संक्रमण कम हुदै गएको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी, सन् २००४ (विश्वमा एड्सबाट सबैभन्दा धेरै मृत्यु भएको वर्ष)को तुलनामा हालसम्म एड्सबाट मृत्यु हुनेमा ४२ प्रतिशतले कमी आउनुका साथै ८४ प्रतिशतमा एचआइभी (औषधी सेवन गर्नेको )उपचामा पहुँच बढेको छ । हाल संसारमा १ करोड ५८ लाख मानिसहरु एचआइचीको उपचारमा रहेको विभिन्न तथ्यांकहरुले देखाएको छ ।

3355
Shares

ट्रेन्डिङ