सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रे पत्रकारहरुको फुटसल र शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

काभ्रे पत्रकारहरुको फुटसल र शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ काभ्रेले आयोजना गरेको बिजया दशमी ,शुभ दिपावली तथा नेपाल संवत् तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम २०७८ आज सम्पन्न्न भएको छ ।

4525
Shares
काभ्रे पत्रकारहरुको फुटसल र शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ काभ्रेले आयोजना गरेको बिजया दशमी ,शुभ दिपावली तथा नेपाल संवत् तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम २०७८ आज सम्पन्न्न भएको छ ।

पत्रकार महासंघ काभ्रे शाखाले आयोजना गरेको उक्त कार्यक्रमलाई काभ्रे उधोग वाणिज्य संघ काभ्रे बनेपाले समन्वय गरेको थियो । सो कार्यक्रम सुरुहुनु पूर्व पत्र कार र व्यवासायी बिच मैत्रीपुण फुटसल खेल भएको थियो । शुभकामना आदानप्रदान कार्यक्रममा प्रेस युनियन केन्द्रका उपाध्यक्ष तथा काभ्रे पत्रकार महासंघका पूर्व अध्यक्ष ईश्वरी ओझा, प्रेस चैतारीका केन्द्रीय महासचिव हिरामान लामा,काभ्रे उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष राजेन्द्र पसछे , पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष भोजराज तिमल्सिनाले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा बोल्दै काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले अलग अलग तरिकाले मान्ने चाडपर्व मनाईने भएपनि यस्ता कार्यक्रमले समाज जोड्न मदन गर्ने बताउनुभयो । उहाँले यो समाज जोड्न निरन्तर प्रयास गनुपर्नेमा जोड दिदै जोड्ने आधार पत्रकार नै भएको बताउनुभयो । उहाँले सरकारलाई सदैव खबरदारी गर्ने कुरामा पत्रकारको मुख्य भुमिका हुने उल्लेख गर्दै शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा ब्यवसायी र पत्रकारबिचको मैत्रीपूर्ण फुटसल खेलमा बिजयी पत्रकारलाई ट्रफी र कदर पत्र प्रदान गरिएको थियो। कार्यक्रममा स्वास्थ कार्यालय काभ्रेका प्रमुख रहनु भएका डा. नरेन्द्र कुमार झा लाई सरुवा भैइ जान लागेकोमा बिदाइ तथा घरेलु कार्यालय काभ्रेका प्रमुखलाई अवकास हुनलाग्नु भएकोमा उहाँलाई पनि विदाई गरिएको थियो त्यस्तै स्वास्थ कार्यालय प्रमुख भएर आउनु भएका प्रमुखलाई स्वागत समेत गरिएको थियो ।

4525
Shares

ट्रेन्डिङ