सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाल मन्दिर विद्यालयलाई काभ्रे सोसाईटी यु.के सहयोग

बाल मन्दिर विद्यालयलाई काभ्रे सोसाईटी यु.के सहयोग

5985
Shares
बाल मन्दिर विद्यालयलाई  काभ्रे सोसाईटी यु.के सहयोग

काभ्रेको धुलिखेलमा रहेको बाल मन्दिर आधारभुत विद्यालयले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरेको छ । धुलिखेल नगरपालिका वडा नं. ७ मा रहेको पुरानो विद्यालय बाल मन्दिर आधारभुत विद्यालयले आफुले विधार्थीहरुलाई प्रत्येक वर्ष प्रदान गर्दै आएको गरिब तथा जेहेन्दार छात्रवृत्ती यो वर्ष ४ जनालाई प्रदान गरेको हो ।

विभिन्न दातृ निकायले सहयोग स्वरुप विद्यालयलाई उपलब्ध गराएको ट्रयाक सुट र छात्रवृति सोमबार एक कार्यक्रमकाबिच विद्यार्थीलाई हस्ताण्तरण गरिएको हो । विद्यालयको नयाँ पोसाकको रुपमा राखिने ट्रयाक सुट ११० जनालाई एक-एक थान र काभ्रे सोसाईटी यु.के. ले प्रदान गर्ने छात्रवृत्ती ४ जना प्रदान गरिएको छ।

नगद पाउने विद्यार्थीहरुमा कक्षा ५ बाट सफलता परियार, कक्षा ४ बाट सबिन वि.क, कक्षा १ बाट सोनिका मोक्तान र कक्षा २ बाट आमोस योञ्जन रहेका छन । विद्यार्थीलाई नगद पुरस्कार १२ हजार प्रदान गरेको हो ।

कार्यक्रम धुलिखेल नगरपालिकाकी उप प्रमुख बिमला शर्मा चौलागाईँ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा श्रृजनशिल सामाज लेस्टर बेलायतका अध्यक्ष एवम काभ्रे सोसाईटी यु.के. का बरिष्ठ उपाध्यक्ष नारायण फुयाँल,काभ्रे सोसाईटीका कार्यकारी सदस्य अर्जुन सापकोटा, चन्द्र प्रसाद मैनाली तथा गैरआवासीय नेपाली संघ यु.के. की निवर्तमान उपाध्यक्ष सामाजिक अभियान्ता रोजिना प्रधान राई ,सामाजिक अभियन्ता महेश अधिकारी,जनप्रतिनिधीहरु वसन्त रानाभाट,रोमि प्रसाद ब्यान्जु तथा विद्यालयका व्यवस्थापन अध्यक्ष प्रेमकण्ठ माकाजु, धुलिखेल नगरका शिक्षा तथा खेलकुद शाखा प्रमुख माधव प्रसाद शर्मा तथा पूर्व अध्यक्ष लगायत अभिभावकको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई थप रमाइलो बनाउन विद्यार्थीहरुले नृत्य गरेका थिए । त्यस्तै विद्यार्थी र शिक्षकहरुले नजिकिदै गरेको चाड शुभ दिपावलीको अवसरमा शुभकामना सन्देश आदान प्रदान तथा देउसी भैलो प्रस्तुत गरेका थिए।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै धुलिखेल नगरपालिकाकी उपप्रमुख बिमला शर्माले सहयोग गर्ने संस्थालाई धन्यवाद ज्ञापन गर्दै यसले धुलिखेलको शिक्षालाई थप उचाईमा पुर्याउन मदत गर्ने बताइन् ।

उनले धुलिखेलमै विश्व विद्यालय भए पनि धुलिखेलकै विद्यार्थीलाई त्यहाँ पढ्न योग्य बनाउने जग यहि भएको बताइन् । विद्यालयका प्रध्यानाध्यापक राजेन्द्र शाहले विद्यालयको आय व्यय तथा विद्यालयको आफ्नो अवस्था बारे जानकारी दिएका थिए ।

बजेट अपुग हुदा समेत विद्यालयको नयाँ पोसाक वितरण गर्न आफुले केही रकम थप गरेर वितरण गरेको उनले बताए । कार्यक्रममा दिपावलीको शुभकामना आदान प्रदान गर्दै समापन गरिएको थियो ।

5985
Shares

ट्रेन्डिङ