सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा फेरी निषेध आदेश जारी, राती ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाईने

काभ्रेमा फेरी निषेध आदेश जारी, राती ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाईने

2975
Shares
काभ्रेमा फेरी निषेध आदेश जारी, राती ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाईने

काभ्रे : काभ्रेमा पछिल्लो केहिदिनदेखी कोरोना संक्रमित कम देखिन थालेको छ । कोरोना संक्रमित कम भएपनि जिल्ला प्रशासन कार्यालय काभ्रेले भने विभिन्न मापदण्ड तोकेर निषेध आदेशलाई निरन्तरता दिईरहेको छ ।

जिल्लामा केहि महिनादेखि स्मार्ट लकडाउन छ । यसैबिच नजिकिदो चाडपर्व संगै कोरोना महामारीलाई मध्यनजर गर्दै प्रशासनले आज देखी लागूहुने गरी पुनः निषेधाज्ञा थप गरेको छ।

आज जिल्ला प्रशासन कार्यालय काभ्रेले सूचना प्रकाशित गर्दै अर्काे सूचना प्रकाशन नभएसम्मका लागि निषेधाज्ञा लागू हुने भनेको छ । यसैबिच तिहारमा खेलिने देउसी भैलो स्वास्थ्य सूरक्षाका मापदण्ड अपनाएर राती ९ बजेसम्म मात्रै खेल्न दिने भएको छ ।

2975
Shares

ट्रेन्डिङ