सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेमा कोरोनाका सक्रिय संक्रमितको संख्या १८ जना

काभ्रेमा कोरोनाका सक्रिय संक्रमितको संख्या १८ जना

3085
Shares
काभ्रेमा कोरोनाका सक्रिय संक्रमितको संख्या १८ जना

काभ्रेमा कोरोना संक्रमितभन्दा कोरोनामुक्त हुनेको संख्या फेरी बढ्न थालेका छन् । आज थप १२ जना कोरोना भाईरसमुक्त भएका छन् । योसंगै काभ्रे जिल्लामा कोरोनामुक्त हुनेको संख्या १४ हजार ५ सय ३१ जना पुगेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

योसंगै जिल्ल्लामा सकृय संक्रमितको संख्या पनि २० भन्दा तल झरेको छ । अब जिल्लामा १८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै आज एन्टिजेन विधिबाट गरिएको परिक्षणमा २ जना लाई मात्रै संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।हालसम्म १४ हजार ७ सय ४० जनालाई संक्रमण भईसकेको छ ।

3085
Shares

ट्रेन्डिङ