सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • काभ्रेमा प्रहरीद्वारा सवारी चालक कुटिए

काभ्रेमा प्रहरीद्वारा सवारी चालक कुटिए

64485
Shares
काभ्रेमा प्रहरीद्वारा सवारी चालक कुटिए

काठमाडौं । राजमार्ग सुरक्षामा खटिएका प्रहरी बाटै काभ्रेको भकुण्डेमा एक सवारी चालक कुटिएका छन् । काभ्रेको भकुण्डे प्र ह री चौकीका प्र ह री हवल्दार दीपेन्द्र थापा मगर र प्र ह री राजकुमार कार्कीले आफूमाथि कु ट पी ट गरेको बा ४ ख ६८१९ नं का बस चालक राजकुमार क्षेत्रीले बताउनुभयो ।

गणेश हिमाल तराई यातायातका चालक क्षेत्रीलाई सोमबार काठमाडौंबाट रामेछापको दोरम्बा तर्फ यात्री लिएर गइरहेको बेला भकुण्डेमा बस रोकि ती प्र ह रीले प्र ह री चौकी भित्र लगेर कु ट पी ट गरेको क्षेत्रीले बताउनुभयो ।

यस अघि आइतबार रामेछापबाट काठमाडौं फर्कने क्रममा भकुण्डे नजिकै सो बसलाई एउटा सानो गाडीले ठक्कर दिएको थियो । सो क्रममा दुवै गाडीमा सामान्य क्ष ति भएको थियो । ‘ट्राफिक प्र ह रीले बसको लुकिङ ग्लासको पैसा सानो गाडीलाई तिर्न भनेको थियो, तर मैले अन्य क्षतिको त भएन सर, तीनचार सयको ग्लासको पैसा पर्दैन भनेँ, त्यसो भए जाऊ त भनेर छाडिदियो’, उहाँले भन्नुभयो ।

पुनः भकुण्डेको प्र ह री बिट अगाडि पुगेपछि त्यहाँ रहेका प्र ह रीले गाडी रोक्न लागएर चालकको नाम र मोवाइल नं लिन खोजेका थिए । तर चालकले हामी मिलेर आइसक्यौँ, मोवाइल नं टिप्नु पर्छ र भनेपछि प्रहरीले पर्दैन, जाऊ भनेर छाडिदिएका थिए ।

तर पुनः सोमबार काठमाडौंबाट यात्री लिएर रामेछाप जाने क्रममा बिहान भकुण्डेमा गाडी रोक्न लगाएर हिजो किन नाम र मोबाइल नं नटिपाएको भन्दै प्रहरीले निउँ खोजेको क्षेत्रीले बताउनुभयो । ‘मलाई तँ डन होस् भन्दै घाँटीमा समातेर घोक्र्याउँदै एक जना प्रहरीले घिसारेर चौकी भित्र लगेर पछारे, त्यस पछि दुईजना भएर मुखै मुखमा हिर्काए, बुठ लगाएको लात्तै लात्ताले हाने’, क्षेत्रीले भन्नुभयो ।

ती प्रहरीले उहाँको मोबाइलसमेत फुटाइदिएका छन् । क्षेत्रीले भन्नुभयो, ‘उहाँहरुले कुट्दै गर्दा मोबाइलमा दोरम्बाकै प्रहरीको फोन आयो, उठाउन खोज्दा मोबाइल फालिदिनुभयो, मोबाइल पनि फुट्यो ।’

पिटाइबाट अनुहारमा चोट लागेको तथा शरीरभरि बुठले हानेको निलडाम भएको उहाँले बताउनुभयो । ‘एक÷दुई झापड हानेको भए पनि सहनु हुन्थ्यो, मलाई त सकेसम्म कुटेर छाडिदिए’, उहाँले भन्नुभयो ।

यस विषयमा जिल्ला प्र हरी  कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी हरि खतिवडालाई सम्पर्क गर्दा व्यवसायीको तर्फबाट मौखिक जानकारी आएको तर कतैबाट लिखित उजुरी नआएको बताउनुभयो ।

डीएसपी अधिकारीले भन्नुभयो, ‘हामीले उहाँहरुलाई भोलि जिल्ला प्रहरी कार्यालयमा आउन भनेका छौँ, घ ट ना के भएको भन्ने बुझ्दै पनि छौँ, पीडित पक्ष कार्यालयमा आएपछि थप अनुसन्धान अघि बढाउँछौँ ।’

अधिकारीले प्रहरीले गल्ती गरेको भए आवश्यक कारबाही हुने बताउनुभयो । ‘उहाँहरुलाई आउनुहोस् भनेका छौँ, उहाँहरु आएपछि बसेर कुरा गर्छौँ, त्यस पछि थप प्रक्रिया अघि बढाउँछौँ’, उहाँले भन्नुभयो ।
-सनराइज खबर बाट

64485
Shares

ट्रेन्डिङ