सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एमाले काभ्रेले थाल्यो महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया

एमाले काभ्रेले थाल्यो महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया

3540
Shares
एमाले काभ्रेले थाल्यो महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया

काभ्रेको एमालेले महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया सुरु गरेको छ । मंसिरमा चितवनमा हुने १० औं महाधिवेशनमा जिल्लाबाट सहभागी हुने प्रतिनिधि छनौट सुरू गरिएको एमाले काभ्रेले जनाएको छ ।

मतदाताको प्रारम्भिक नामावली प्रकाशन, मतदाता नामावली विरूद्ध दाबी विरोध, दाबी विरोधको छानविन र अन्तिम मतदाता नामावली प्रकाशन आज हुनेछ ।
भोली उम्मेदवारको मनोनयन दर्ता, उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन, उम्मेदवारको सूची विरूद्ध दाबी विरोध, दाबी विरोध उपर छानविन र उम्मेदवारी फिर्ताको काम हुनेछ ।

पर्सी २६ गते उम्मेदवारको अन्तिम सूची प्रकाशन र प्रचार प्रसारको समय सुरू हुनेछ । २७ गते बिहान १० बजेदेखि ४ बजेसम्म मतदान हुनेछ । सोहि दिन मत गणना र नजिता प्रकाशन हुने एमाले जिल्ला निर्वाचन कमिटी काभ्रेले जनाएको छ ।

3540
Shares

ट्रेन्डिङ