सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०

आजदेखि जनगणना सुरू

2625
Shares
आजदेखि जनगणना सुरू

काठमाडौँ, कात्तिक २५ : आजदेखि ‘मेरो गणना मेरो सहभागिता’ नारासहित राष्ट्रिय जनगणना सुरू गरिएको छ। जनगणनाका लागि घरघरमा पुग्ने गणकले ८० वटा प्रश्न सोध्नेछन्। यसका लागि देशभर गरी ८ हजारभन्दा बढी गणक खटिएका छन्।

एक जना गणकले एक दिनमा करिब एक दर्जन घरपरिवारको जनगणना गर्न सक्ने आँकलन गरिएको छ।आज केन्द्रमा भने राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरेर जनगणनाको सुरूवात गर्ने तयारी छ।

यस्तै गरी प्रदेशमा मुख्यमन्त्री र स्थानीय तहमा प्रमुख तथा उपप्रमुखको जनगणना गरेर गणनाको सुरूवात गर्ने कार्यक्रम छ। वडामा भने वडाध्यक्षको जनगणना गरेर सुरू हुनेछ।

केन्द्रीय तथ्यांक विभागले दिएको जानकारीअनुसार जनगणनाका लागि स्थानीय तहमा ३५०, जिल्लामा ७७ भन्दा बढी र सातै प्रदेशमा जनगणनाका लागि कार्यालय खुलेका छन्।

जनगणना कार्य यही मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ।यसअघि कात्तिक १८ सम्म घरपरिवार सूचीकरण गरिएको थियो। यसअघि सरकारले २०६८ मा जनगणना गरेको थियो। १० वर्षको अन्तरालमा जनगणना गर्ने गरिन्छ।

2625
Shares

ट्रेन्डिङ