सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा प्राधिकरणको लापरवाही: एक युवकको ज्यान गयो,बनेपा प्राधिकरणको स्थिति तनावग्रस्त

काभ्रेमा प्राधिकरणको लापरवाही: एक युवकको ज्यान गयो,बनेपा प्राधिकरणको स्थिति तनावग्रस्त

15770
Shares
काभ्रेमा प्राधिकरणको लापरवाही: एक युवकको ज्यान गयो,बनेपा प्राधिकरणको स्थिति तनावग्रस्त

काभ्रेमा विद्युत प्राधिकरणको लापरवाहीले गर्दा एक युवकको ज्यान गएको छ ।

जिल्लाको पनौति नगरपालिका वडा नं २ कुशादेवीमा बत्ती बनाउन जाँदा २० वर्षीय सुशिल घिमिरेको करेन्ट लागेर मृत्यु भएको हो । पुरै गाँउमा बत्ती गएपछि पनौति नगरपालिका वडा ३ कुशादेवी बस्ने घिमिरे बत्ती बनाउन त्यहाँ गएका थिए । बुधबार साँझ स्थानीयले बनेपा विद्युत् प्राधिकरणलाई पहिले नै बत्ती काट्न जानकारी गराइसकेको थिए ।

प्राधिकरणलाई जानकारी गराएर ट्रान्समिटरमा बत्ती बनाउन गए पनि बिना सूचना विद्युत् प्रवाह गर्दा साँझ ६ बजे उनको करेन्ट लागेर मृत्यु भएको थियो । उक्त विषयलाई लिएर अहिले बनेपा प्राधिकरणको स्थिति तनावग्रस्त बनेको छ । स्थानीयले प्राधिकरणमा धर्ना दिइरहेका छन् ।

उनीहरुले दोषीलाई कारवाही गरी मृतकको परिवारले न्याय पाउनु पर्ने माग गरेका छन् । प्रहरीले प्राधिरणका कर्मचारी हरि हुमागाईँ र गणेश बञ्जारलाई हिरासतमा राखेको छ । स्थानीयले विद्युत प्रवाह रोक्न आग्रह गर्दा पनि लाईन खोल्देको भन्दै उनीहरुलाई हिरासतमा लिएको हो । उउनीहरुमाथी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

15770
Shares

ट्रेन्डिङ