सबैको समाचार
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • जनगणनाका लागि काभ्रेमा ५ सय ११ जना गणक खटिए, सहजीकरण गर्दै सुपरीवेक्षक

जनगणनाका लागि काभ्रेमा ५ सय ११ जना गणक खटिए, सहजीकरण गर्दै सुपरीवेक्षक

3160
Shares
जनगणनाका लागि काभ्रेमा  ५ सय ११ जना गणक खटिए, सहजीकरण गर्दै सुपरीवेक्षक

काभ्रे : नेपाल संघीय संचनामा गएपछि पहिलो जनगणना आजबाट काभ्रे सहित देशैभर सुरु भएको छ । नेपालमा पहिलो पटक विक्रम सम्बत १९६८ सालमा जनगणना गर्न सुरु गरिएको थियो ।

आजबाट १२ औँ राष्ट्रिय जनगणना सुरु भएको हो । जिल्ला जनगणना कार्यालय काभ्रेले आज धुलिखेलमा पत्रकार सम्मेलन आजबाट जिल्लाभर जनगणना सुरु भएको जानरकारी दिएको छ । जिल्ला जनगणना कार्यालयका जनगणना अधिकारी दिपक कोइरालाका अनुसार जिल्लाभर ५ सय ११ जना गणक खटिएका छन् भने १२७ जना सुपरीवेक्षक परिचालित छन् ।

सबैभन्दा बढी सुपरीवेक्षक पनौती नगरपालिकामा १७ जना छन् । त्यहाँ ६७ जना गणक रहेका छन् । सबैभन्दा बढी गणक बनेपा नगरपालिकामा ८९ जना रहेका छन् भने सुुपरीवेक्षक १५ जना रहेका छन् । धुलिखेल नगरपालिकामा ११ जना सुपरीवेक्षक र ४६ जना गणक, बेथानचोक गाउँपालिकामा ५ जना सुपरीवेक्षक र २० जना गणक, पाँचखाल नगरपालिकामा १४ जना सुपरीवेक्षक र ४९ जना गणक रहेका छन् ।

त्यस्तै मण्डनदेउपुर नगरपालिकामा १२ जना सुपरीवेक्षक र ४४ जना गणक, भुम्लु गाउँपालिकामा ७ जना सुपरीवेक्षक र २७ जना गणक, चौरीदेउराली गाउँपालिकामा ८ जना सुपरीवेक्षक र २६ जना गणक, रोशी गाउँपालिकामा १० जना सुपरीवेक्षक र ३३ जना गणक, महाभारत गाउँपालिकामा ५ जना सुपरीवेक्षक र १६ जना गणक, खानीखोला गाउँपालिकामा ५ जना सुपरीवेक्षक र १३ जना गणक, तेमाल गाउँपालिकामा ७ जना सुपरीवेक्षक र २८ जना गणक तथा नमोबुद्ध नगरपालिकामा १० जना सुपरीवेक्षक र ३९ जना गणक रहेको जिल्ला जनगणना कार्यालयले जनाएको छ ।

जिल्लाको धुलिखेल, पनौती, पाँचखाल, भकुण्डेबेसी, कटुन्जेबेसी र भुम्लु गाउँपालिकामा गरी ६ वटा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ । गणकहरु घर घरमा पुग्ने छन् । आजबाट सुरु भएको तथ्याङ्क संकलनको काम मंसिर ९ गते सकिने छ ।

यसअघि भदौ ३० गतेदेखि असाजे १८ गतेसम्म घर तथा घर परिवार सूचीकरण गरिएको थियो । त्यहि सूचीकरणको आधारमा गणकहरु मुख्य गरी ५५ वटा प्रनावली सहित घर घर पुग्न थालेको जनगणना अधिकारी दिपक कोइरालाले बताउनुभयो ।

घरमा आउने गणकहरुलाई आफ्नो विवरण टिपाएर सहयोग गरिदिन कोइरालाले आग्रह गर्नुभयो । कार्यक्रममा प्रमूख जिल्ला अधिकारी शिवराम पोखरेलले यो पटक अघिल्लो दश वर्ष अघिको त्रृटि नदोहोरिने दाबी गर्नुभयो ।

सञ्चारकर्मीसंग प्रमूख जिल्ला अधिकारी पोखरेलले यो पटक काभ्रे जिल्लाको यर्थाथपरक तथ्याङ्क आउनेमा ढुक्क हुन आग्रह गर्नुभयो । घर घर पुगेर संकलन गरिने सबै विवरण गोप्य भएकाले निर्धाक्कसँग गणकले सोधेको प्रश्नको जवाफ दिन प्रजिअ पोखरेलले आग्रह गर्नुभयो ।

3160
Shares

ट्रेन्डिङ