सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • बालबालिकाको हितमा ऐन, कानुन बनाउन उपयुक्त भूमिका खेल्छु : सभामुख सापकोटा

बालबालिकाको हितमा ऐन, कानुन बनाउन उपयुक्त भूमिका खेल्छु : सभामुख सापकोटा

2880
Shares
बालबालिकाको हितमा ऐन, कानुन बनाउन उपयुक्त भूमिका खेल्छु : सभामुख सापकोटा

काभ्रे : सभामुख अग्नीप्रसाद सापकोटाले मान्छेलाई मेहनत र परिश्रमले महान बनाउने भएकाले जीवनमा मेहनत आवश्यक रहेको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ खड्पुमा रहेको एसओएस बालग्राम नेपालले ३५औँ एसओएस अन्तरराष्ट्रिय दिवस २०२१ का अवसरमा आज आयोजित कार्यक्रममा उहाँले कुनै पनि काम सानो र ठूलोको रुपमा नलिई त्यसलाई गम्भीर रुपमा लिएर राम्रोसँग अवलम्बन गरेमा मानवीय जीवन सफल र खुशी हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले एसओएस बालग्रामले मानव सेवाको लागि थकाइको महसुस नगरिकन जीवन, जगत, मानवजाती र प्राणी जगतका लागि सङ्घर्ष गरेकाले त्यसमा लागेर सेवा गरिरहेकाबाट काम र व्यवहारले देखाएर उदाहरणीय बनेको बताउनुभयो ।

मान्छेले सत्य र निष्ठाको कुरा गरिरहँदा उसको जीवनशैली र चरित्र कस्तो छ भन्नेले ठूलो अर्थ राख्ने भएकाले त्यसको नमुना काम बालग्रामले गरेर देखाएकामा खुशी व्यक्त गर्नुभयो । उहाँले सङ्घीयसभाको सभामुख भएको कारण समस्त बालबालिकाको लागि बालबालिकाको हितमा संसदबाट ऐन, कानुन र नियम बनाउन उपयुक्त भूमिका खेल्ने बताउनुभयो ।

काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लामा भूकम्प, बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपका कारण समस्यामा परेका बालबालिकालाई उद्धार गरेर एसओएस बालग्रामले पुण्यको काम गरेको सभामुख सापकोटाले बताउनुभयो ।

कार्यक्रममा सन् २०२० मा एसओएस बालग्राम काभ्रेलाई उल्लेख्य योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । बालग्राम खड्पुमा अहिले १३३ जना बालबालिका बालग्राममा आस्रित छन् ।

2880
Shares

ट्रेन्डिङ