सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • के काभ्रे काँग्रेसमा शिव हुमागाई एक्लिएकै हुन् ?

के काभ्रे काँग्रेसमा शिव हुमागाई एक्लिएकै हुन् ?

7040
Shares
के काभ्रे काँग्रेसमा शिव हुमागाई एक्लिएकै हुन् ?

काभ्रे कांग्रेसमा पूर्व जिल्ला सभापति शिव हुमागाई लगभग एक्लिएका छन् । आज बनेपामा सम्पर्क कार्यालय सञ्चालनसँगै हुमागाई समूह अन्ततः एक्लिएको हो ।

बनेपा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा जिल्ला सभापति मधु आचार्य, उपसभापति अच्यूत पौडेल सहितका नेता एकै मञ्चमा देखिएका छन् । अर्थात मधु आचार्य समूहले पनि पूर्ण साथ जिल्ला सभापतिको उम्मेदवार घोषणा गर्नुभएका तीर्थ लामा समूहलाई दिएको देखिन्छ ।

यस अघि नयाँ समीकरणमा तीर्थ लामा, महेश खरेल, गणेश लामा, तीर्थ पसखल, कन्चनचन्द्र बादे मात्रै सहभागि हुनुभएको थियो । कतिपयले हुमागाई र आचार्य समूह बीच अर्को समीकरण बन्ने आंकलन गरिरहेका बेला आज सम्पर्क कार्यालय उद्घाटनमा मधु आचार्य आफ्नो दलबल सहित पुगेपछि कांग्रेस काभ्रेमा हुमागाई एक्लिएका हुन् ।

आज जिल्ला सभापतिको उम्मेदवार घोषणा गर्नुभएका तीर्थ लामालाई साक्षी राखेर महेश खरेललाई औपचारिक रुपमा निर्वाचिन क्षेत्र नम्बर २ को सभापतिको उम्मेदवार गरिएको छ ।

खरेलसँग प्रतिस्पर्धा गर्न अब हुमागाई समूहले अर्को उम्मेदवार घोषणा गर्नुपर्ने हुन्छ । अन्यथा खरेल सर्वसम्मत संघीय निर्वाचन क्षेत्र नम्बर २ को सभापति बन्नुहुनेछ । त्यस्तै अन्य केहि प्रदेश निर्वाचन क्षेत्रका सभापति र कार्यालय समितिको समेत उम्मेदवार घोषणा गरिएको छ ।

कार्यक्रमा काँग्रेस नेताहरुले आगामी निर्वाचिनमा काभ्रेका सबै स्थानीय तहमा जित सुनिश्चित गर्ने गरी घर घर अभियान सञ्चालन गर्ने संकल्प समेत गरेका छन् । कार्यक्रममा जिल्ला सभापतिका उम्मेवादर तीर्थ लामाले जिल्लाको १३ वटै स्थानीय तहमा काँग्रेसले विजयीको झण्डा फहराउने दाबी गर्नुभयो ।

जिल्ला सभापति आचार्य र उपसभापति पौडेल पनि काँग्रेसलाई कम्जोर नसम्झिन कम्युनिष्टलाई चेतावनी दिदैँ काँग्रेस अब एक ढिक्का भएर आगामी स्थानीय तह, प्रदेश र संघको निर्वाचिनमा होमिने बताउनुभयो ।

7040
Shares

ट्रेन्डिङ