सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा दिउँसै बसमा बृद्धको घाँटीबाट सुनको सिक्री लुटपाट

काभ्रेमा दिउँसै बसमा बृद्धको घाँटीबाट सुनको सिक्री लुटपाट

31240
Shares
काभ्रेमा दिउँसै बसमा बृद्धको घाँटीबाट सुनको सिक्री लुटपाट

काभ्रे : बनेपाबाट मयूर यातायातको बस चढेर आउनुभएकी धुलिखेल नगरपालिका वडा नम्बर १० की सारदा भण्डारीको घाँटीमा रहेको सुन लुटिएको छ ।

शुक्रबार ११ बजेर १५ मिनेट जाँदाको समयमा मयुर यातायातबाट धुलिखेल ओर्लिदै गर्दा सोहि बसमा आएका अपरिचित ब्यक्तिले ७५ बर्षीय भण्डारीको घाँटीमा रहेको १ तोला २२ लालको सुनको सिक्री लुटेर फ रार भएका हुन् ।

मयुर यातायातमा सँगै आएका यात्रुले सुन लुटेर धुलिखेल – काठमाण्डौ चल्ने बसमा भागेको प्रत्यक्ष दर्शीले बताएका छन् । सुन लुटिएसँगै तत्काल प्रहरीलाई खबर गरिए पनि अहिलेसम्म कोहि पनि पक्राउ नपरेको बृद्धका छोरा गोविन्द भण्डारीले बताउनुभयो ।

‘आमाको घाँटीबाट सिक्री लुट्नेहरु धुलिखेलको बसमा भागेको फलफूल बेच्नेहरु देखेका रहेछन । उक्त घ ट ना सि सि क्यामाराबाट पनि देखियो । प्र हरी कार्यालयबाट फुटेज हेरिएको थियो । तर अहिलेसम्म कोहि पनि प क्रा उ परेका छैनन् ।

बृद्ध बृद्धाहरु गाडीमा चढ्दा निकै असु र क्षि त हुने भयो । धुलिखेल जस्तो ठाउँमै घाँटीको सिक्री लुटिन्छ भने अन्य ठाउँको अवस्था कस्तो होला ? गोविन्दले भन्नुभयो ।’

31240
Shares

ट्रेन्डिङ