सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • काँग्रेस काभ्रे क्षेत्र नं २ को सभापतिमा महेश खरेलको उम्मेरदवारी

काँग्रेस काभ्रे क्षेत्र नं २ को सभापतिमा महेश खरेलको उम्मेरदवारी

8055
Shares
काँग्रेस काभ्रे क्षेत्र नं २ को सभापतिमा महेश खरेलको उम्मेरदवारी

काभ्रे : नेपाली काँग्रेसको महाधिवेशनका लागि काभ्रे प्रतिनिधि सभा क्षेत्र नं २ को सभापतिको उम्मेदवारी घोषणा भएको छ ।

महाधिवेशनको सरगर्मी बढिरहेको बेला काभ्रे क्षेत्र नं २ बाट महेश खरेलले उम्मेदवारीको घोषणा गरेका हुन् ।

निष्ठाको राजनीतिलाई स्थापित गराउन साथहिरुले आग्रह गरेपछि आफूले उम्मेदवारीको घोषणा गरेको उनले बताए ।

उनले राष्ट्रियता, लोकतन्त्र, समाजवाद, संगठनमा सुदृढीकरणका लागि सबैको समन्वयमा लोकतन्त्र रक्षाका लागि निरन्तर लागिरहने समेत बताएका छन् ।

पाँचखाल नगरपालिकाका मेयर समेत रहेका खरेलले उम्मेरदवारी घोषणा गर्न उत्साह र सहयोग गर्ने सबैलाई धन्यवाद दिदै प्रतिनिधि सभा क्षेत्र नं २ को सभापतिको बनाउन आफ्नो अमुल्य मत दिई सहयोग गर्न पनि आग्रह गरेका छन् ।

8055
Shares

ट्रेन्डिङ