सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • निःशुल्क स्वास्थ्य सेवा घरदैलो मै पाएपछि चौंरीदेउरालीबासी खुशी

निःशुल्क स्वास्थ्य सेवा घरदैलो मै पाएपछि चौंरीदेउरालीबासी खुशी

3075
Shares
निःशुल्क स्वास्थ्य सेवा घरदैलो मै पाएपछि चौंरीदेउरालीबासी खुशी

 

काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाका जनताले घरदैलोमै विभिन्न रोगको निःशुल्क स्वास्थ्य सेवा पाएका छन् । गाउँपालिकाको आयोजनामा पालिकाको ३ स्थानमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेपछि स्थानीयले स्वास्थ्य सेवा पाएका हुन् ।

जर्मन नेपाल सहयोग संघ र विकासका लागि एकतासँगको सहकार्यमा चावहिल डेन्टल अस्पता र नेपाल नेत्र ज्योति संघको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य जाँच तथा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।

विहिबारबाट वडा नं. २ को स्थित डिसीडब्लुसि अस्पताल नाग्रे गाउँपालिका अध्यक्ष दिननाथ गौतम र उपाध्यक्ष ताराकुमारी चौंलागाईंले संयुक्त रुपमा उद्घाटन गरेर शुरु भएको शिविर शनिबार वडा नं. ६ स्थित देउराली स्वास्थ चौकीमा आएर समापन भएको थियो । उक्त शिविरबाट २ हजार ७८ जना स्थानीयले सेवा लिएका छन ।

विविरमा सामान्य स्वास्थ्य परिक्षण देखि स्त्रीरोग परिक्षण, दाँत परिक्षण, आँखा परिक्षण, भिडियो एक्सरे, स्वास्थय शिक्षा तथा परामर्श, औषधि वितरण गरिएको थियो । विशेष गरी ग्रामीण क्षेत्रमा रहेका विपन्न, ज्येष्ठ नागरिक, अस्पतालसम्मको पहुँच नभएका स्थानीयहरुले यस शिविरबाट लाभ लिएका छन् ।

जनताको स्वास्थ्य प्रति गाउँपालिका गम्भिर छौं
गाउँपालिका अध्यक्ष गौतमले जनताको स्वास्थ्य प्रति आफू र आफ्नो गाउँपालिका सधैं गम्भि रहेको बताएका छन् । संविधानले समेत मौलिक हकको रुपमा उल्लेख गरेको स्वास्थ्यलाई विस्तारै निःशुल्क गर्ने तर्फ आफूहरु लाग्ने बताए । ‘जनताको स्वास्थ्य प्रति हामी गम्भिर छौं ।

शुरुदेखि नै हामी जिम्मेवार ढंगले अघि बढिरहेका छौं ।’ गौतमले भने, ‘राज्यले संविधानमा उल्लेख भएको मौलिक हकको रुपमा रहेको स्वास्थ्यलाई निःशुल्क गर्नुपर्नेछ । हामी यसको लागि पनि लागिरहेका छौं । हालको लागि जनताको आवश्यकतालाई केन्द्रमा राखेर यो शिविरको आयोजना गरेका हौं ।’

आगामी दिनहरुमा सबै प्रकारको पूर्वाधार विकार भएपछि निःशुल्क शिक्षा र निःशुल्क स्वास्थ्यको चरणमा पुग्ने बताउँदै अब त्यो दिन टाढा नभएको जानकारी दिए । यसैबीच गाउँपालिका उपाध्यक्ष ताराकुमारी चौंलागाईंले जनताको घरदैलोमा स्वास्थ्य सेवा दिन निरन्तर प्रयत्नमा रहने बताइन् ।

अन्य विकासका पूर्वाधार निर्माणको लागि आफ्नो कार्यकाल वितेका बताउँदै उपाध्यक्ष चौंलागाईंले अबको चरणमा शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्ने बताइन् ।

निःशुल्क र गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीयमा खुशी
निःशुल्क र गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीय खुशी भएका छन् । विपन्न, दलित र ज्येष्ठ नागरिकहरु गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाएपछि खुशी भएका हुन् । आर्थिक अवस्था बलियो भएका र शहरमै बसेकाहरुले राम्रो उपचार पाए पनि आफूहरु आर्थिक रुपमा कमजोर र गाउँमै बस्ने भएकोले स्वास्थ्य सेवा लिन नसकेको अवस्थामा गाउँमै सेवा पाएकोले खुशी लागेको वडा नं. ६ का ७६ वर्षिय खड्गराज गिरीले बताए । विगत ३ वर्षदेखि उनी दाँदको समस्याले ग्रसित थिए

। आफ्नै गाउँमा सेवा पाएपछि उनी खुशी भएका छन् । ‘३ वर्ष अघिदेखि यो दाँतले दुःख दियो । शहरमा जान गा¥हो छ । न आर्थिक अवस्था राम्रो छ न शहरसम्म जान सक्ने शारिरीक अवस्था छ ।’ गिरिले भने, ‘धेरै राम्रो लाग्यो । खानेकुरा नि सजिलोले खान पाउने भो । गाउँपालिका अध्यक्षज्यूलाई आशिर्वाद र धन्यवाद छ ।’

त्यसो त सोही वडाका ७६ वर्षिय साइला तामाङ विगत ४ वर्षदेखि आँखाको समस्याबाट ग्रसित थिए । विस्तारै आँखाले देख्न छोड्दै थियो । उनको लागि पनि यो शिविर वरदान नै भएको छ । ‘मेरो आँखाको समस्या भएको ४ वर्ष भयो । दिनदिनै विस्तारै देख्न छोडिसकेको छ ।’ आँखा जचाइसकेपछि तामाङले भने, ‘आँखामा मोतुबिन्दु भएछ । अब अप्रेशन पछि अब राम्रोसँग देख्न पाउने भयो ।’

स्थानीयले यस्तो प्रकारको शिविर बर्षको कम्तिमा २ पटक आयोजना गर्न गाउँपालिकालाई अनुरोध समेत गरेका छन् । सो शिविरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामा, जनप्रतिनिधिहरु पुगेका थिए । सो क्रममा विकासका लागि एकताका इन्चार्ज एकराज सापकोटा, कार्यकारी निर्देशक प्रदिप हुमागाई लगायतका सहभागी थिए ।

कहाँ कति जनाले लिए सेवा ?
वडा नं. २ स्थित डिसीडब्लुसि अस्पतालमा भएको शिविरमा जनरल विरामीहरु महिला १ सय ३५ र पुरुष ८९ गरी २ सय २४, स्त्रीरोग सम्बन्धी विरामीहरु ५७ जना, आँखा सम्बन्धी विरामीहरु महिला १ सय ३८ र पुरुष ९४ जना, दाँत सम्बन्धी विरामीहरु महिला ५३ जना र पुरक्ष ६० जना सहित १ सय १३ जना गरी ६ सय २६ जनाले सेवा लिएका छन ।

त्यसैगरी वडा नं. ५ को जागृति माविमा भएको शिविरबाट जनरल तर्फ महिला १ सय ३ र पुरुष ८८ गरी १ सय ९१ जना, स्त्रीरोग सम्बन्धी विरामी ८३ जना, आँखा सम्बन्धी विरामी महिला १ सय २१ र पुरुष ७५ गरी १९६ जना, दाँत सम्बन्धी विरामीहरु महिला ८४ र पुरुष ५४ गरी १ सय ३८ जना गरी ६ सय १८ जनाले सेवा लिएका छन् ।

त्यसैगरी वडा नंं ६ स्थित देउराली हेल्थपोष्टमा भएको शिविरबाट जनरल चेकजाँचबाट महिला २ सय १० र पुरुष १ सय १४ गरी ३ सय २४ जना, दाँतसम्बन्धी विरामी महिला १ सय ५ र पुरुष ५१ जना गरी १ सय ५६ जना, आँखा सम्बन्धी विरामी महिला १ सय २३ जना र पुरुष ९३ जना गरी २ सय २२ जना र स्त्रीरोग विरामीहरु १ सय २७ जना गरी ८ सय ३४ जनाले सेवा लिएका छन् ।

3075
Shares

ट्रेन्डिङ