सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रे विद्युत प्राधिकरणको लापरवाहीले गर्दा ज्यान गुमाएका शुशिलको श व पाँचदिन पछि परिवारले बुझे

काभ्रे विद्युत प्राधिकरणको लापरवाहीले गर्दा ज्यान गुमाएका शुशिलको श व पाँचदिन पछि परिवारले बुझे

12085
Shares
काभ्रे विद्युत प्राधिकरणको लापरवाहीले गर्दा ज्यान गुमाएका शुशिलको श व पाँचदिन पछि परिवारले बुझे

काभ्रेमा विद्युत प्राधिकरणको लापरवाहीले गर्दा ज्या न गु माए का शुसिल घिमिरेको शव परिवारले बुझेका छन् ।

प्राधिकरणको चरम लापरवाहीका कारण जिल्लाको पनौति नगरपालिका वडा नं ३ का २० वर्षिय शुसिलको गत बुधबार साँझ करेन्ट लागेर मृ त्यु भएको थियो । मृ तक का आफन्तले दो षीलाई कारबाही गर्न र परिवारले क्ष ति पू र्ती पाउनुपर्ने भन्दै श व बुझ्न अस्विकार गरेका थिए ।

आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा प्राधिकरणले क्ष तिपु र्ती उपलब्ध गराउने तथा दो षिलाई कारवाही गर्ने लिखित प्रतिबद्धता गरेसँगै मृ त्यु भएको पाँच दिनपछि आफन्तले श व बुझेका हुन् ।

पनैती २ कुशादेवीमा पुरै गाँउमा बत्ती गएपछि घिमिरे बत्ती बनाउन त्यहाँ गएका थिए । स्थानीयले बनेपा विद्युत् प्राधिकरणलाई पहिले नै बत्ती का ट्न जानकारी पनि गराइसकेका थिए । तर जानकारी गराएरै ट्रान्समिटरमा बत्ती बनाउन गए पनि बिना सूचना विद्युत् प्रवाह गर्दा उनको करेन्ट लागेर मृ त्यु भएको थियो ।

उक्त विषयलाई लिएर स्थानीयले प्राधिकरणमा धर्ना पनि दिएका थिए । यसै क्रममा प्र ह रीले थप अनुसन्धानका लागि भन्दै प्राधिरणका कर्मचारी हरि हुमागाईँ र गणेश बञ्जारलाई हिरासतमा राखेको छ । स्थानीयले विद्युत प्रवाह रोक्न आग्रह गर्दा पनि लाईन छोडिदिएको भन्दै उनीहरुलाई हिरासतमा लिएको हो ।

12085
Shares

ट्रेन्डिङ