सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काँग्रेस काभ्रे क्षेत्र नं १ को ख बाट प्रदेश सभापतिका लागि रोशनराज पाण्डेको उम्मेरदवारी

काँग्रेस काभ्रे क्षेत्र नं १ को ख बाट प्रदेश सभापतिका लागि रोशनराज पाण्डेको उम्मेरदवारी

4735
Shares
काँग्रेस काभ्रे क्षेत्र नं १ को ख बाट प्रदेश सभापतिका लागि रोशनराज पाण्डेको उम्मेरदवारी

काभ्रे : नेपाली काँग्रेस काभ्रे निर्वाचन क्षेत्र नं १ को ख बाट प्रदेश सभापतिका लागि रोशनराज पाण्डेले उम्मेरदवारीको घोषणा गरेका छन् ।

१४ औँ महाधिवेशनका लागि पाण्डेले प्रदेश सभापतिका लागि उम्मेरदवारीको घोषणा गरेका हुन् ।

अनुशासन,इमान्दारीता, निष्ठा र संगठन निर्माणका लागि आफूले उम्मेरदवारी घोषणा गरेको उनले बताए ।

उम्मेरदवारी घोषणा गर्दै पाण्डेले यस महाधिवेशनबाट अबको काँग्रेस कस्तो बन्ने भन्ने कुराको निर्धारण गर्ने बताएका छन् ।

उनले पार्टीमा मागी खाने नभई गरी खानेहरुको स्थान सुनिश्चितता गर्न,पार्टीमा युवा नेतृत्वको विकास गर्न,नयाँ युवालाई स्थान र पुराना युवालाई संघर्षशिल नेता बनाउन आफ्नो भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

त्यस्तै काँग्रेसलाई आउँदो स्थानीय,प्रदेश र प्रतिनिधि सभाको चुनावमा विजयी गराउने,काभ्रेको नमोबुद्ध, धुलिखेल,पनौती लगायत धार्मिक,ऐतिहासिक,साँस्कृतिक एंव पर्यटकिय स्थलहरुको पहिचान र महत्वको देशव्यापी र विश्वव्यापी प्रचार प्रसारमा पनि आफूले विषेश ध्यानपूर्वक काम गर्ने पनि पाण्डेले बताएका छन् ।

यी सबै लक्ष्य पूरा गर्न प्रदेश सभापति कालागी आफूलाई भोट दिन उम्मेरदवार रोशनराज पाण्डेले क्षेत्रीय प्रतिनिधिहरुलाई आग्रह समेत गरेका छन् ।

4735
Shares

ट्रेन्डिङ