सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • विप्लवको नेपाल बन्द : काभ्रेबाट पक्राउ परेका बन्दकर्ता छुटे

विप्लवको नेपाल बन्द : काभ्रेबाट पक्राउ परेका बन्दकर्ता छुटे

5475
Shares
विप्लवको नेपाल बन्द :  काभ्रेबाट पक्राउ परेका बन्दकर्ता छुटे

 

काभ्रे : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण काभ्रेमा पनि प्रभाव परेको छ । बन्दका कारण आज दिनभरी नै लामोदुरीको बन्द रहेको थियो ।

छोटोदुरीमा ९०% मोटर साइकल चलेका थिए,एम्बुलेन्सहरु,र भाडाका ठुला गाडि भने फाटफुट चलेका थिए । त्यस्तै जिल्लाका बजार ९० प्रतिशत,कलकारखाना ७० प्रतिशत, खुलेका थिए । त्यस्तै बन्दको प्रभाव शैक्षिक सस्थामा पनि परेका थियो ।

आज शैक्षिक संस्था बन्द रहेको थियो । बन्दालाई सुरक्षित बनाउन सुरक्षा फौजको उपस्थिती सदरमुकाम लगायत बाहिर सुरक्षा स्थिति कडा पारिएको थियो । जिल्लामा कुनै अप्रिय घ ट ना हालसम्म नभएको जिल्ला प्र ह री कार्यालय काभ्रेले जनाएको छ ।

यता बन्दको आह्वान गर्दै सडकमा आएका नेकपाका एक दर्जन कार्यकर्ता बनेपाबाट प क्रा उ परेका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले बनेपा बजारबाट १३ जनालाई प क्रा उ गरेको इलाका प्र ह री कार्यालय बनेपालले जनाएको छ ।

प क्रा उ पर्नेमा केन्द्रीय सदस्य मोहनाल सान्द,कार्यकर्ता धिरेन्द पिरुवा,आयुष लामा,नकुल चौलागाईँ,सम्राट तामाङ,सरोज दोङ,अनिल थिङ, कृष्ण तामाङ,सन्तोष परियार रहेका छन् । उनीहरुलाई साँझ ५ः २० मा काभ्रे जिल्ला सचिवालय सदस्य किरण सेवाको जिम्मा लगाइएको बताइएको छ ।

5475
Shares

ट्रेन्डिङ