सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बुटवलको आन्दोलनले जनयुद्द त बोलाउदै छैन ?

बुटवलको आन्दोलनले जनयुद्द त बोलाउदै छैन ?

4420
Shares
बुटवलको आन्दोलनले जनयुद्द त बोलाउदै छैन ?

बुटवल,मंसिर १७ । सरकारले संसदमा संबिधान संसोधन बिधेयक दर्ता गराएसंगै प्रदेश न. ४ र ५ मा आन्दोलन चर्किएको छ । गत केही दिन यता देखिनै रुपन्देहीको बुटवलमा बिरोध शुरु भएको हो ।
 
पछिल्लो हप्तादेखि नै बुटवलमा चरणबद्ध आन्दोलन चर्किएको छ भने गुल्मी, पाल्पा, अर्घाखांची लगायतका जिल्लामा पनि जिल्ला बन्द सम्मका आन्दोलन भैरहेका छन् । यो आन्दोलनले जनयुद्द बोलाउने प्रश्न अघि सारेको देखिन्छ । अस्तिदेखि रुपन्देही बन्दको घोषणा भएको थियो । अखण्ड प्रदेश न. ५ प्रदेश दबाब अभियान लुम्बिनी तथा नेसिबसंघ, अनेरास्बीय , अखिल छैठौं लगायतका बिद्यार्थिसंगठनहरुले संयुक्त बन्दको आब्हान गरेका हुन् ।
मध्यरातमै बुटवलमा टायर बालेर प्रर्दशन समेत भएको थियो भने आज बिहानैबाट बुटवल बहुमुखि क्याम्पस अगाडी, मिलनचोक, राजमार्ग चौराहा लगायतका स्थानमा प्रर्दशन सहित टायर बालेर बिरोध भैरहेको छ । अखण्ड प्रदेश न ५. प्रदेश दबाब अभियान लुम्बिनीले अस्ति बिहान ११ बजेबाट अनिश्चितकालिन रुपन्देही बन्दको आब्हान गरेको संयोजक बिष्णु पोखरेलले नागरिक आवाजलाइ बताए ।
15232090_688017038034049_4572984191448623263_n‘संसोधन दर्ता फिर्ता नभएसम्म अनिश्चित कालिन बन्दको आब्हान गरेका छौं,प्रधानमन्त्रीले माफि माग्दै जनताका नाममा सम्बोधन गर्नुपर्छ’ ,उनले भने । यता अनेरास्वीयु लगायतका बिद्यार्थि संगठनले १२ बजेबाट १ घण्टे चक्काजामको आयोजना गरेका छन् । आजै अर्घाखांची जिल्ला पनि बन्द गरिएको छ । बन्दका कारण बुटवल सुनसान भएको छ । सबै नागरिक सडकमा ओर्लेका छन् ।
बुटवलको यो आन्दोलन रातारात चर्किएको देखि नेकपा एमाले केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरीले आन्दोलनलाई शान्तिपूर्ण र थप मर्यादित बनाउन आग्रह गरेका छन् । बिहीबार अपरान्ह एक बिज्ञप्ति जारी गर्दै उनले बुटवलमा भइरहेको विरोध प्रदर्शन तथा आन्दोलनको क्रममा केही स्थानमा घुसपैठ भएको बताउँदै युवा, विद्यार्थी, नागरिक समाज लगाएत सबैलाई आन्दोलन मर्यादित बनाउन आग्रह गरेका हुन् ।
बिज्ञप्तिमा भनिएको छ-‘आन्दोलनलाई अन्त कतै मोड्ने, उत्तेजित बनाउने र तोडफोड गरी मुठभेडतर्फ उन्मुख गराउने काम पनि भएको छ । राजनीतिक दलहरुले सहमतिका आधारमा बुटवलमा निर्माण गरेका स्मारकहरु, शालिकहरु, स्तम्भहरुमा भएका तोडफोड तथा आक्रमणहरु यसैका उदाहरण हुन् ।’

4420
Shares

ट्रेन्डिङ