सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काँग्रेस प्रदेश निर्वाचन क्षेत्र अधिवेशन : काभ्रेमा शिव–तीर्थ प्यानलको विजयी सुरुवात

काँग्रेस प्रदेश निर्वाचन क्षेत्र अधिवेशन : काभ्रेमा शिव–तीर्थ प्यानलको विजयी सुरुवात

11980
Shares
काँग्रेस प्रदेश निर्वाचन क्षेत्र अधिवेशन :  काभ्रेमा शिव–तीर्थ प्यानलको विजयी सुरुवात

काभ्रे : काभ्रे काँग्रेसमा शिव हुमागाईँ–तीर्थ लामा प्यानलले विजयी सुरुवात गरेको छ । १४ औँ महाधिवेशन अन्तर्गत जारी प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनमा शिव–तीर्थ प्यानलले विजयी सुरुवात गरेको हो ।

निर्वाचन क्षेत्र १ को प्रदेश (क) मा शिव–तीर्थको प्यानलका अधिकांश उम्मेदवार निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत राजेन्द्र लामिछानेले जानकारी दिनुभयो ।

निर्वाचित हुनेमा शिव–तीर्थ प्यालनका सभापति राम बहादुर योञ्जन, उपसभापति चन्द्रलाल दोङ र मधु आचार्य प्यानलका रण बहादुर तामाङ, सचिबमा शिव प्यानलका दावा फेन्चु लामा र मधु प्यानलका रामशरण चौलागाई, सहसचिबमा शिव प्यानलका गोकुल प्रसाद भुर्तेल र बसन्त कुमार तामाङ निर्विरोध निर्वाचित हुनुभएको हो ।

काभ्रेको बाँकी तीन वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा भने मतदान भइरहेको छ । पाँचखाल, पनौती र बनेपामा निर्वाचन भइरहेको छ । चारै निर्वाचन क्षेत्रमा गरी कुल २५ सय ४३ जना प्रतिनिधिले मतदान गर्ने छन् ।

11980
Shares

ट्रेन्डिङ