सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रे काँग्रेको प्रदेश निर्वाचन क्षेत्र अधिवेशनः कहाँ, के हुदैँछ ?

काभ्रे काँग्रेको प्रदेश निर्वाचन क्षेत्र अधिवेशनः कहाँ, के हुदैँछ ?

7730
Shares
काभ्रे काँग्रेको प्रदेश निर्वाचन क्षेत्र अधिवेशनः कहाँ, के हुदैँछ ?

 

काभ्रेमा आज नेपाली काग्रेको प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन भइरहेको छ ।

चार प्रदेश निर्वाचन क्षेत्र मध्य संघीय निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) मा निर्विरोध भएको छ । सभापतिमा राम बहादुर योञ्जन सहित सबै पदाधिकारी निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र लामिछानेले जानकारी दिनुभयो ।

संघीय निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश निर्वाचन क्षेत्र नम्बर (ख) को अधिवेशन पनौतीमा भइरहेको छ । पनौतीमा केहिबेर अघि मात्रै मतदान सकिएको छ । अब मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत लामिछानेले  जानकारी दिनुभयो ।

संघीय निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) को अधिवेशन पाँचखालमा जारी छ । पाँचखालमा करिब साढे एक सय मात्रै मत खस्न बाँकी रहेको अधिवेशन निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसै गरी संघीय निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश निर्वाचन क्षेत्र नम्बर (ख) को अधिवेशन बनेपामा जारी छ । बनेपामा पनि करिब साढे एक सय जति मात्रै मत खस्न बाँकी रहेको छ । मतदान प्रक्रिया सकिए लगत्तै गणना सुरु हुनेछ । आज राति वा भोली बिहानसम्म सबै प्रदेश निर्वाचन क्षेत्रको मत परिमाण आइसक्ने मुख्य निर्वाचन अधिकृत लामिछानेले बताउनुभयो ।

चारै निर्वाचन क्षेत्रमा गरी कुल २५ सय ४३ जना प्रतिनिधिले मतदान छन् । आगामी ६ गते संघीय निर्वाचन क्षेत्रको अधिवेशन हुनेछ । १० गते जिल्ला सभापतिका लागि अधिवेशन हुने छ । अहिलेसम्म जिल्ला सभापतिका लागि तीर्थ लामाको मात्रै उम्मेदवारी परेको छ ।

7730
Shares

ट्रेन्डिङ