सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काँग्रेस काभ्रेको प्रदेश अधिवेशनः मत गन्न कहाँ कति बाँकी ?

काँग्रेस काभ्रेको प्रदेश अधिवेशनः मत गन्न कहाँ कति बाँकी ?

7825
Shares
काँग्रेस काभ्रेको प्रदेश अधिवेशनः मत गन्न कहाँ कति बाँकी ?

शुक्रबार सकिएको काभ्रे काँग्रेको मतदानको अहिले मतगणना भइरहेको छ ।

चार प्रदेश निर्वाचन क्षेत्र मध्य संघीय निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) मा निर्विरोध भएको छ । सभापतिमा राम बहादुर योञ्जन सहित सबै पदाधिकारी निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र लामिछानेले जानकारी दिनुभयो ।

संघीय निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश निर्वाचन क्षेत्र नम्बर (ख) को पनौतीमा मतगणना भइरहेको । पनौतीमा मतगणना लगभग अन्तिम चरणमा रहेको मुख्य निर्वाचन अधिकृत लामालिनेले बताउनुभयो ।

संघीय निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) को पनि मतगणना भइरहेको छ । पाँचखालमा मतगणना भइरहेको हो । आधा भन्दा बढी गणना भइसकेको बताइएको छ ।

त्यसै गरी संघीय निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश निर्वाचन क्षेत्र नम्बर (ख) को मतगणना बनेपामा जारी छ । बनेपामा पनि करिब आधा मत गणना भइसकेको मुख्य निर्वाचन अधिकृत लामिछानेले बताउनुभयो ।

मतगणनाको अवस्था हेर्दा काभ्रे निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र (ख) सबैभन्दा पहिलो परिणाम आउने देखिएको छ । आजदिन भरमा मतदान भएका तीन वटै क्षेत्रको परिणाम आइसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

काँग्रेसको आगामी ६ गते संघीय निर्वाचन क्षेत्रको अधिवेशन हुनेछ । १० गते जिल्ला सभापतिका लागि अधिवेशन हुने छ । अहिलेसम्म जिल्ला सभापतिका लागि तीर्थ लामाको मात्रै उम्मेदवारी परेको छ ।

7825
Shares

ट्रेन्डिङ