सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेमा टिपरको ज्यादती, शिक्षक-विद्यार्थी आन्दोलनमा उत्रिय

काभ्रेमा टिपरको ज्यादती, शिक्षक-विद्यार्थी आन्दोलनमा उत्रिय

5440
Shares
काभ्रेमा टिपरको ज्यादती, शिक्षक-विद्यार्थी आन्दोलनमा उत्रिय

 

काभ्रे : २०७६ साल चैत ३ गते पनौती बसपार्क नजिकैको सडकमा हिड्दै गरेका आमा छोरी जुनी माया गोले र स्मारिका भोलनलाई टिपरले ठ क्क र दियो । ग म्भी र घाइते आमा छोरीको उपचारको क्रममा अस्पतालमा मृ त्यु भयो ।

ठीक त्यस्तै प्रकृतिको घ ट ना यहि मंसिर ३ गतेपनि पनौतीमा भयो । बाटोमा हिड्दै गरेका बृद्धलाई टिपरले ठ क्क र दियो । काभ्रेमा उपचार हुन नसकेपछि बा ३ क १८४७ नम्बरको टिपरको ठ क्क र बाट घा इ ते हुनुभएका पनौती नगरपालिका वडा नम्बर ८ का मधुसुदन केसीको काठमाण्डौमा उपचार भइरहेको छ । परिवारका अनुसार घा इ ते बृद्धको अझै होस आउन सकेको छ ।

यो दुई प्रतिनिधि घ ट ना मात्रै हुन् । पछिल्लो समय पनौतीमा टिपर जन्य सडक दु र्घ टना निकै हुन थालेको छ । यस तर्फ न त स्थानीय सरकारको ध्यान गएको देखिन्छ । न त प्र हरीको नै । विद्यालयको गेटबाटै गुट्छन् टिपर । कुन बेला दु र्घ ट नामा परेर घा इ ते हुने हो वा ज्या न नै लिने हो पत्तो छैन् ।

साँघुरो सडक । टिपरको ती ब्र बेग । पनौती पछिल्लो समय टिपर दु र्घ ट नाको हब बनिरहेको छ । चाँहि आफै पल्टने हुन् या त अरु सवारी साधनलाई ठ क्क र दिने । बेथानचोक गाउँपालिकामा सञ्चालित ढुंगा खानी, क्रसर र पनौतीको विभिन्न क्षेत्रमा रहेको क्रसरबाट सयौँ टिपर निर्माण सामग्री ढुवानीका लागि गुडिरहेका छन् ।

तर यसलाई ब्यवस्थित गर्न स्थानीय सरकार र प्र ह री प्रशासनले कुनै चासो नदिएको स्थानीयको गुनासो छ । क्रसर र टिपर पनौती र बेथानचोक गाउँपालिकाको आन्तरिक आम्दानीको स्रोत हो ।

त्यस्तै प्र हरीको पनि कमाइ हुने राम्रो स्रोत बनेका छ टिपर र क्रसर उद्योग । तर आफ्नै जनता मा रे र आयस्रोतको नाममा निर्बाध टिपर चलाउन दिनु चाँहि कत्तिको न्यायचित हो ? पनौती बासीले स्थानीय सरकारलाई प्रश्न गरिरहेका छन् ।

टिपरका कारण त्यस भेगका आम नागरिक असुरक्षित बनेका छन् । जुन कुरालाई पनौती क्षेत्रका विभिन्न चार वटा विद्यालयका विद्यार्थीले आज सडकमा गरेको प्रर्दशनले प्रष्ट पारेको छ । हातमा कलम र कापी समाउनु पर्ने विद्यार्थी प्ले कार्ड बोकेर सुरक्षाको प्रत्याभूति मागिरहेका छन् ।

काभ्रे बोडिङ स्कुल, इन्द्रेश्वर माध्यामिक विद्यालय, भालेश्वर माध्यामिक विद्यालय र सामुदायिक बोडिङ स्कुलका विद्यार्थीहरुले सडकमा प्रदर्शन गरे । विद्यार्थीले सुरक्षाको माग गरे । विद्यालय आउँदा जाँदा असुरक्षित रहेको कुरा सबैलाइ सुनाएर ।

खास गरी स्थानीय सरकारको ध्यानाकर्षण गराए । कानको जाली नै फुट्ला झै टिपरको हर्न, तीब्र गति । यी सबै चिज टिपर चालक आफैले बिचार गर्नुपर्ने हो । तर टिपर चालकहरुमा यो चेत अझै खुलेको छैन् । स्थानीय सरकार र प्र हरीले खाली स्रोतमा मात्रै आँखा लगाइरहेका छन् । तर टिपर चालकलाई बेला बेला सचेत गराउने काममा कुनै पहल कदमी गरेको पाइदैँन ।

पनौतीका विद्यार्थीहरुले टिपरको ज्या द ती बढेको भन्दै नगरपालिका घेराउ गरे । आफ्ना माग शिक्षक र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मार्फत नगरपालिकासंग राखे । विद्यालयहरुले टिपर सञ्चालनको लागि वैकल्पिक व्यवस्था गर्नु पर्ने मुख्य माग गरेका छन् । त्यस्तै विद्यालय समयमा टिपर सञ्चालन गर्न नदिन भनेका छन् ।

नगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत इन्द्र प्रसाद अधिकारीले विद्यार्थी, शिक्षक र स्थानीयले संयुक्त रुपमा बुझाएको ज्ञापन बुझ्दै मागप्रति नगरपालिका गम्भीर रहेको बताएको छ ।

ज्ञापन पत्र बुझाए मात्रै पुग्दैन । यसलाई ब्यवहारिक रुपमा कार्यन्वयन गराउन अझै दबाबको आवश्वक पर्छ । अन्यथा फेरी अन्य पैदल यात्री पिटरको नि शा नामा नपर्लान् भन्न सकिन्न ।

 

5440
Shares

ट्रेन्डिङ