सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रे प्रहरीले बुझायो ‘फेला परेको नगद, सुनका गर–गहना र मोबाईल’

काभ्रे प्रहरीले बुझायो ‘फेला परेको नगद, सुनका गर–गहना र मोबाईल’

6190
Shares
काभ्रे प्रहरीले बुझायो ‘फेला परेको नगद, सुनका गर–गहना र मोबाईल’

 

काभ्रे : प्र ह री हवल्दार हरि कुमार खत्रीले फेला पार्नुभएको नगद, सुनका गर गहना र मोबाईल सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको छ ।

हवल्दार खत्रीले आज धुलिखेल नगरपालिका वडा नम्बर ८ स्थित सडक खण्डमा बेवारीसे अवस्थामा नगद, सुनका गर–गहना र मोबाईल फेला भेटाउनुभएको थियो । हवल्दार खत्रीले भेटिएको सामग्री सहितको झोला जिल्ला प्र ह री कार्यालय धुलिखेलमा बुझाउनुभएको थियो ।

जिल्ला प्र ह री कार्यालयले सम्बन्धित सामान धनीको खोजतलास एवं सम्पर्क गरे बुझाएको हो । उक्त नगद, सुनका गर–गहना र मोबाईल’ रोशी गाउँपालिका वडा नम्बर ११ रामरिमकी २८ बर्षीय निरीमाया तामाङ रहेको प्र ह रीले जनाएको छ ।

बनेपाबाट आफ्नो घर तर्फ बागतमी प्रदेश ०२–०२९ प २४११ नम्बरको स्कुटरमा जाने क्रममा स्कुटरबाट सामान खसेर हराएको प्रमाण दाबी गरेपछि तामाङलाई हस्तान्तरण गरिएको प्र ह रीले जनाएको छ ।

प्र ह री हवल्दार खत्रीले कालो रंगको झोला एक थान, सिम कार्ड सहितको रेडमी कम्पनीको एक थान मोबाइल, डेढ तोलाको सुनको बेरुवा औठी एक थान, पोते सहितको सुनको १ तोलाको मंगलसुत्र एक थान, नेपाली रुपँैया १० हजार ५० हजार रुपैयाँ, लेडिज पर्स दुई थान, चस्मा र मोबाइलको चार्जर सडक किनारमा भेटाउनुभएको थियो ।

6190
Shares

ट्रेन्डिङ